नेपाली यु-१९ क्रिकेट टोली आध्र प्रदेशसँग पराजित « Khabarhub

नेपाली यु-१९ क्रिकेट टोली आध्र प्रदेशसँग पराजित


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा भ्रमणमा रहेको नेपाली यू-१९ क्रिकेट टोली आध्र प्रदेशसँग पराजित भएको छ । शुक्रबार भएको अभ्यास खेलमा नेपाल आन्ध्र प्रदेशको यू—१९ टोलीसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

आन्ध्र प्रदेशले दिएको २९० रनको लक्ष्य पछ्याएको नेपाली टोलीले ४५.२ ओभरमा सबै विकेट गुमाएर २१७ रनमा समेटिएको थियो ।
नेपालका कप्तान रोहितकूमार पौडेल, सन्दीप जोरा र कमलसिंह ऐरी लगएत मुख्य खेलाडीले आराम पाएको अभ्यास खेलमा नेपाली टोली पराजित भएको हो ।

नेपालले २ सय १७ रन बनाउने क्रममा पवन सरार्फले ३५, राशिद खानले अविजित ३४, कुसल मल्ल ३० रन र आसिफ शेख २५, अभिषेक बस्नेत २३, रित गौतम २१ र लोकेश बमले १६ रन बनाएका थिए ।

पहिलो ब्याटिङ गरी २ सय ८९ रन बनाएको आध्रा प्रदेशलाई बुधबार भएको पहिलो अभ्यास खेलमा नेपालले ६२ रनले पराजित गरेको थियो । आईसीसी यू—१९ विश्वकप क्रिकेटको एसिया छनोटको विशेष तयारीका रुपमा नेपाली टोली भारत गएको हो ।

छनोट खेल अप्रिल १० देखि २० सम्म हुनेछ । उक्त प्रतियोगितामा नेपालसहित, मलेसिया, सिंगापुर, युएई, कुवेत र ओमन रहेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ५ : ४८ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ