नेपाली यु-१९ क्रिकेट टोली आध्र प्रदेशसँग पराजित « Khabarhub

नेपाली यु-१९ क्रिकेट टोली आध्र प्रदेशसँग पराजित


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा भ्रमणमा रहेको नेपाली यू-१९ क्रिकेट टोली आध्र प्रदेशसँग पराजित भएको छ । शुक्रबार भएको अभ्यास खेलमा नेपाल आन्ध्र प्रदेशको यू—१९ टोलीसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

आन्ध्र प्रदेशले दिएको २९० रनको लक्ष्य पछ्याएको नेपाली टोलीले ४५.२ ओभरमा सबै विकेट गुमाएर २१७ रनमा समेटिएको थियो ।
नेपालका कप्तान रोहितकूमार पौडेल, सन्दीप जोरा र कमलसिंह ऐरी लगएत मुख्य खेलाडीले आराम पाएको अभ्यास खेलमा नेपाली टोली पराजित भएको हो ।

नेपालले २ सय १७ रन बनाउने क्रममा पवन सरार्फले ३५, राशिद खानले अविजित ३४, कुसल मल्ल ३० रन र आसिफ शेख २५, अभिषेक बस्नेत २३, रित गौतम २१ र लोकेश बमले १६ रन बनाएका थिए ।

पहिलो ब्याटिङ गरी २ सय ८९ रन बनाएको आध्रा प्रदेशलाई बुधबार भएको पहिलो अभ्यास खेलमा नेपालले ६२ रनले पराजित गरेको थियो । आईसीसी यू—१९ विश्वकप क्रिकेटको एसिया छनोटको विशेष तयारीका रुपमा नेपाली टोली भारत गएको हो ।

छनोट खेल अप्रिल १० देखि २० सम्म हुनेछ । उक्त प्रतियोगितामा नेपालसहित, मलेसिया, सिंगापुर, युएई, कुवेत र ओमन रहेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ५ : ४८ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही