दलितको घरमा विवाह भोज नखाएको भन्दै बेहुलीलाई २२ जनाले दिएको पैसा फिर्ता ! « Khabarhub

दलितको घरमा विवाह भोज नखाएको भन्दै बेहुलीलाई २२ जनाले दिएको पैसा फिर्ता !


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रकाशित नागरिक दैनिकले पहिलो पृष्ठमा श्रीलंका शृंखलाबद्ध विस्फोटको समाचारलाई मुख्य समाचार बनाएको छ ।

त्यस्तै नेकपाको एकता प्रकृयामा तत्कालीन जिल्ला अध्यक्षलाई नै जिम्मेवारी शीर्षकको अर्को समाचार प्रकाशन गरेको छ । त्यस्तै संघ पछ्याउँदै गण्डकी प्रदेश शीर्षकमा अर्को समाचार नागरिक दैनिकले प्रकाशन गरेको छ ।

तेस्रो पृष्ठमा नागरिक दैनिकले विवाहमा छुवाछुत र भेदभाव भएको समाचार प्रकाशन गरेको छ । अगुवाले दक्षिणा दिए, भोज खाएनन् शीर्षकमा प्रकाशित समाचारमा लेखिएको छ – रुपन्देहीको शुद्धोदन गाउँपालिका ४ फर्साटिकरकी २२ वर्षीया आरती विकको विवाह समारोहमा उपस्थित कथित उपल्लो जाति भनिकाहरुले जातीय छुवाछुतको घटना दोहोराएका छन् ।

वैशाख ५ गते भएको सो विवाह समारोहमा सहभागी हुन आएका राजनीतिक दलका कार्यकर्ता तथा टोल विकास समितिका अगुवाहरु भोज नखाई फर्केका छन् ।

विवाहमा बेहुला बेहुलीलाई आशीर्वाद दिन आएका गैरदलित भनिने समुदायका छिमेकीहरु भोजमा सहभागी नभएपछि विक परिवारले उनीहरुबाट प्राप्त दक्षिणा फिर्ता गरेको थियो । रामबहादुर विककी छोरी आरतीको सुनवल असामबासी टोलका रमेश रसाईलीसँग विवाह भएको थियो ।

विवाहको निम्तो स्वीकार गरेर आएका २२ जना भोजमा सहभागी नभइ दक्षिणामात्रै बुझाएर फर्केकाले आफूहरुको अपमान भएको भन्दै आइतबार शुद्धोधन ४ का वडाअध्यक्ष राजेन्द्र कँडेललाई दक्षिणा वापतको रकम फिर्ता दिएका थिए । ‘छिमेकमा भएपछि मिलेर बस्नुपर्छ भनेर हामीले गैरदलितकै क्याटरिङ ल्याएर मेस चलाएका थियौं तर हामी दलित भएका कारण समाजका अगुवाहरु भोजमा सहभागी हुनुभएन। त्यसैले उहाँहरुको पैसा फिर्ता दिइयो ।’ रामबहादुर विकले भने ।

२२ जनाबाट संकलित ६ हजार तीन सय ५० रुपैयाँ वडा अध्यक्षमार्फत फिर्ता गरेको बेहुलीका काका होम बहादुर विकले जनाए ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : ११ बजे

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख