नेकपाको स्थापना दिवस आज होइन १५ सेप्टेम्बर ! | Khabarhub Khabarhub

नेकपाको स्थापना दिवस आज होइन १५ सेप्टेम्बर !


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका कम्युनिस्ट पार्टीहरुले २२ अप्रिल(आज)को दिनलाई नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवसको रुपमा मान्ने गरेका छन् । स्थापना दिवसको अवसरमा कम्युनिस्ट पार्टीहरुले आज विभिन्न कार्यक्रमको आयोजना समेत गरेका छन् । तर केही वामपन्थी नेता तथा विश्लेषक भने नेपाल कम्युनिस्ट पार्टीको स्थापना २२ अप्रिल(आज)को दिन नभई १५ सेप्टेम्बरको दिन भएको दाबी गर्छन् ।

नेपाली कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशीको पहलमा २२ अप्रिल विसं २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको सत्तारुढ नेकपाको दस्तावेजमा उल्लेख गरिएको छ । कम्युनिस्ट पार्टीको स्थापनापछि सन् १९४९ सेप्टेम्बर १५ मा पहिलो घोषणा पत्र जारी भएको थियो ।

नेपालका अधिकांश कम्युनिस्ट पार्टीले आजको दिनलाई स्थापना दिवस मान्ने गरेपनि केही पुराना वामपन्थी नेताले भने २२ अप्रिलमा पर्चामात्र निकालिएको भन्दै पहिलो घोषणापत्र जारी भएको १५ सेप्टेम्बर नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवस भएको दाबी गर्ने गरेका हुन् ।

विष्णुवहादुर मानन्धर (वरिष्ठ वामपन्थी नेता)

वास्तवमा नेकपाको स्थापना दिवस २२ अप्रिल होइन, यो त कम्युनिस्ट पार्टीको पर्चा निस्केको दिन मात्र हो । नेकपाको स्थापना दिवस त १५ सेप्टेम्वर नै हो । आधिकारिक प्रमाण अरु केही छन् भने मलाई थाहा भएन तर मैले कम्युनिस्ट पार्टीको सदस्यता लिए पछि १५ सेप्टेम्वरलाई नै स्थापना दिवस मनाउँदै आएँ । दस्तावेजले पनि त्यही भनेको छ ।

कम्युनिस्ट पार्टी स्थापनाको उदेश्य पूरा भयो त ?

विचार र सम्पतिको खास सम्बन्ध हुँदैन । मजदुर साम्यवाद बिरोधी हुन सक्छ, धनी साम्यवाद पक्षधर हुन सक्छ । म धनी परिवारमा जन्मेको भए पनि साम्यवादी विचारको अनुयायी भए । यो मेरो सपना हो । पूरा होस वा नहोस् ।

एन्जेल्सकै कुरा लिउँ उनी पूँजीपति थिए । एन्जेल्सकै सहयोगमा मार्कस थेगीन सके । जन्मदाता त्यस्ता थिए । तर जुन सपना मैले नेपालमा देखेको थिए ,त्यस बारे मेरो बुझाई छ कम्युनिस्ट सरकार आउँला र समाज निर्माणमा जुन भूमिका निभाउला भन्ने थियो त्यस अनुकुलका कम्युनिस्ट घटना घटेन । हुँदाहुँदा कम्युनिस्ट पार्टीकै सरकार छ तर यो सरकार बारे स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले एक सन्दर्भमा भनेका छन् “हाम्रो पार्टी राजनीतिक रुपले मात्र कम्युनिस्ट पार्टी हो वैचारिक हिसावले होइन ।“

मनमोहन अधिकारीले पनि एक सन्दर्भमा “कम्युनिस्टको साइनबोर्ड मात्र हो“ भनेका थिए । यतिखेर पनि मार्क्सवादको बारेमा ब्याख्या पुनब्याख्या मतमतान्तर धेरै बढेका छन् । यसका विपक्षी विचारधारा नवउदारवाद ,लोकतन्त्रवादीहरु त्यसले पनि काम गरेन, संकटग्रस्त भै रहेको छ । उदारवाद संकटमा परेको महसुस गर्न थालेका छन् ।

अहिलेको सरकार नेपालमा जुन ढंगले काम गर्दैछ यो मैले बुझेको कम्युनिस्ट सरकारको जसरी गरिरहेको छैन । नेपाल त्यस्तो देश हो जहाँ हुँदैन भनेको कुरा हुन्छ ,हुन्छ भनेको कुरा हुँदैन ,त्यस्तो इतिहास पनि छ । आज २२ अप्रिलका दिन पारेर ओली ,प्रचण्ड र माधव नेपाल मिलेको घोषणा गरे भने आश्चर्य मान्नु पर्दैन, बिग्रन पनि सक्छ यो सन्देहको अवश्थामा नेपालको राजनीतिक दल छन् ।

समाजवाद विधि विधान र प्रक्रियाले चल्ने कुरा हो ब्यक्तिले होइन तर यहाँ ओली र प्रचण्ड ब्यक्ति सबै आफू खुसी गर्दैछन् र समाजवाद उन्मुख हुने त कल्पना पनि सायद गरेका छैनन् होला । साम्यवादको सपना चै देख्नु जरुरी छ ।

नेपालका कम्युनिस्ट विभाजित हुनमा एउटा कारणले मात्र भूमिका खेलेको छैन । सैद्धान्तिक कुरा पनि छ । ब्यक्तिको अहंकारले पनि काम गरेको छ अरु पनि कारण छन् । तीन कुराले मानिसमा एकता ल्याउँछ । धर्म ,सिद्धान्त र स्वार्थले दुई किनाराका मानिसलाई एकठाउँमा ल्याउँछ । त्यसकारण यहा स्वार्थले मिलेकालाई फुटाउछ, फुटेकालाई जुटाउँछ । यावत कारणले फुट्ने र जुट्ने नेपालका कम्युनिस्ठहरुको जीवनको यथार्थता हो ।

कृष्णराज वर्मा (वरिष्ठ वामपन्थी नेता)

वास्तवमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना १५ सेप्टेम्बर १९४९ मा नै भएको हो । कम्युनिस्ट पार्टी स्थापना दिवस १५ सेप्टेम्बरलाई नै मान्नु पर्छ ।
पुष्पलालको नेतृत्वमा काठमाडौंमा र मनमोहन अधिकारीको नेतृत्वमा विराटनगरमा कम्युनिस्ट पार्टीको काम भएपनि १५ सेप्टेम्बरमा नै नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको दिन हो ।

१५ सेप्टेम्बरमा जंगबहादुर राणाले कोतपर्व गरेर राणा शासन स्थापना गरेकाले साही शासन समाप्त पार्न १५ सेप्टेम्बरमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो । पुष्पलालको सदीक्षा पनि त्यही थियो । स्थापना पछि कोलकतामा पहिलो सम्मेलन भयो । दोस्रो सम्मेलन काठमाडौंमा र महाधिवेशन पनि काठमाडौंमा नै भएको थियो ।

अरविन्द रिमाल (वाम लेखक एवं राजनीतिक विश्लेषक)

कम्युनिस्ट पार्टीको स्थापना १५ सेप्टेम्बर नै हो । २२ अप्रिलमा स्थापना दिवस मनाउनु भनेको इतिहास बंग्याउने चेस्टा हो । २०१७ सलाको परिवर्तन पछि चै आआफ्नै ढंगले पार्टी स्थापना दिवन मनाउँन थाले । नेपालमा कम्युनिस्ट पार्टी स्थापना गरेर पुष्पलालले नयाँ आयाम दिए । कम्युनिस्ट पार्टीमा फुट देखेपछि उनले कम्युनिस्ट मेनोफिस्टो लेखे ।२०२८ सालको झापा विद्रोहपछि यो बाटो गलत भनेर अर्को बाटो समात्नेले आत्मआलोचना गरे । यो बाटो ठिक होइन भन्ने अवस्थामा उनीहरु पुगे । नेपालमा कम्युनिस्ट पार्टी विस्तार गर्न पुष्पलाल र मदन भण्डारीको अतुलनीय योगदान रहेको छ ।

मोहनविक्रम सिंह (महामन्त्री नेकपा मसाल)

नेकपाको स्थापना २२ अप्रिल(आज) नै मै भएको हो, १५ सेप्टेम्बरमा होइन । यो इतिहासका पाठकले विश्लेषण गर्ने कुरा हो, तथ्य स्पस्ट छ । १५ सेप्टेम्बरमा पुष्पलालले घोषणापत्र मात्र निकालेका हुन् । पार्टीको नाममा पर्चा निकालेकोलाई मान्ने कि घोषणापत्र निकालेको दिनलाई मान्ने त्यो पाठकलाई र इतिहासलाई छोड्ने कुरा हो ।

पछिल्लो समय ठूला भनिएका पार्टीहरु सिद्धान्तबाट च्यूत भएका छन् । यसले गर्दा कम्युनिस्ट पार्टीमाथि नै नकारात्मक धारणा बन्ने खतरा बनेको छ, नेपालमा ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ११ : ५८ बजे

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन