युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी « Khabarhub

युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा हास्य कलाकार राष्ट्रपतिमा विजयी भएका छन् । आइतबार राष्ट्रपति पदका लागि भएको दोश्रो चरणको मतदानमा विजयी भएसँगै भोलोदिम्यिर जेलेन्स्की युक्रेनको नयाँ राष्ट्रपति चुनिएका हुन् ।

उनले निवर्तमान राष्ट्रपति पेत्रो पोरोसेन्कोलाई भारी मतअन्तरले पराजित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । निर्वाचनको मतपरिणाम अनुसार जेलेन्स्कीले ७३ प्रतिशत भन्दा धेरै मत प्राप्त गरेका छन् भने पोरोसेन्कोले केबल २४ प्रतिशत मत प्राप्त गरेका छन् ।

खासै राजनीतिक अनुभव नरहेका जेलेन्स्की विगत केही वर्षयता टेलिभिजन कार्यक्रममा हास्य कलाकारका रुपमा काम गर्दै आएका थिए । पछिल्लो राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिएका उनले युक्रेनको वर्तमान संस्थापनको तीब्र आलाचना गर्दै आएका थिए ।

पहिलो चरणको चुनावमा कुनै उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत ल्याउन नसकेमा सबैभन्दा बढी मत ल्याउने २ जनाबीच दोस्रो चरणको चुनाव हुने प्रावधान अनुसार आइतबार मतदान भएको हो ।

यसअघि ३१ मार्चमा भएको पहिलो चराणको निर्वाचनमा जेलेन्स्कीले ३०.२ प्रतिशत तथा पोरोशेन्कोले १६.७ प्रतिशत मात्र मत प्राप्त गरेका थिए ।

चुनावी मतपरिणामबाट विजयी हुने सुनिश्चित भएसँगै जेलेन्स्कीले आफ्ना समर्थकहरुलाई राजधानी किभमा सम्बोधन गर्दै आफूले युक्रेनी जनताको भावनामा कहिल्यै कुठाराघात नगर्ने बाचा गरेका छन् ।

पराजित राष्ट्रपति पोरोशेन्कोले आफ्नो हार भएको स्वीकार्दै विजयी जेलेन्स्कीलाई बधाई दिएको बताइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ५ : २६ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष