१३ हजार बढीको संख्यामा कर्मचारी भर्ना खुलाउँदै लोकसेवा आयोग « Khabarhub

१३ हजार बढीको संख्यामा कर्मचारी भर्ना खुलाउँदै लोकसेवा आयोग


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोकसेवा आयोगले छोटो प्रक्रिया (फास्ट ट्रयाक)बाट झन्डै १३ हजार पदमा कर्मचारी भर्ना खुलाउने गृहकार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

लोकसेवा आयोगले आज बुधबार भर्ना खुलाउने तयारी गरेको भए पनि सरकारले भर्नासम्बन्धी विशेष निर्णय गर्न केही ढिलाइ गरेकाले लोकसेवाको विज्ञापन पनि केही दिनपछि धकेलिन पुगेको आयोग स्रोतले जानकारी दिएको राजधानी दैनिकमा खबर छ । आयोगले एक साताअघि नै बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव सरकारलाई पठाएर छिटो निर्णय गर्न भनेको थियो । तर सरकारले एक सातापछि मात्रै निर्णय गर्दा आज बुधबार गर्ने भनिएको विज्ञापन केही पर सरेको लोकसेवा आयोगले जानकारी दिएको छ ।

लोकसेवा आयोगको स्थानीय तहका लागि एकैपटक कर्मचारी भर्ना गर्नेसम्बन्धी बाधा अड्काउ फुकाऊ प्रस्ताव’लाई सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि आयोगलाई औपचारिक रूपमा नै भर्नाका लागि विज्ञापन गर्ने बाटो खुला भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘फास्ट ट्र्याक’मार्फत कर्मचारी भर्नामा आइपर्ने कानुनी जटिलताको अन्त्य गर्दै स्थानीय तहमा आवश्यक कर्मचारीको मागलाई तत्काल पूर्ति गर्ने योजनाअनुसार मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको थियो ।

पाँचथर घटनालाई पत्रिकाले मुकुन्डो लगाएर नौ जनाको विभत्स हत्या शीर्षकमा समाचार छापेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार मध्यराति भएको विभत्स हत्याको घटना पारिवारिक खटपटका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख नायब उपरीक्षक (डीएसपी) नरेन्द्र कुँवरले घटनामा दुई परिवारका नौ जनाको हत्या भएको र प्रारम्भिक अनुसन्धानले पारिवारिक सम्बन्धमा खटपटका कारण हत्या भएको देखाएको जनाएका हुन् । उनका अनुसार घटनामा एक परिवारका पाँच र अर्को परिवारका चार गरी नौ जनाको हत्या भएको हो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले धारिलो हतियारको प्रयोग भएको पाइएको जनाए । उनले समेत घटनाको प्रारम्भिक अनुसन्धानले हत्यामा पारिवारिक कारण देखाएको जनाए ।

‘घटनामा दुई परिवारका गरी नौ जनाको हत्या भएको हो, हत्या अत्यन्तै विभत्स र क्रुर तरिकाबाट भएको छ, प्रारम्भिक अनुसन्धानले हत्यामा पारिवारिक कारण देखाएको छ,’ प्रमुख जिल्ला अधिकारी वस्तीले राजधानीसँग भने, ‘अन्य थप अनुसन्धान विशेषज्ञ टोलीबाट हुँदै छ ।’हत्या हुनेहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज सेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा सेर्मा, १३ वर्षीया योवना सेर्मा, आठ वर्षीया मुना सेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

नातावाद र राजनीतिक भर्तीमा फस्दै त्रिवि सेवा आयोग शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । आफन्तलाई जागिर खुवाउने भर्ती केन्द्र बन्दै गएको आरोप खेपेको त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरूको गतिविधि झन्झन् विवादमा पर्दै जान थालेको छ । आयोगले यसअघि तीनपटक लिएको परीक्षासमेत विवादको घेरामा परेको थियो । अहिले पनि आफ्नो पुरानै विवादित परम्परालाई दोहोर्‍याउँदै आयोगका पदाधिकारीहरूले अनियमित किसिमले परीक्षा सञ्चालन गर्दा सो परीक्षा विवादित मात्रै होइन अख्तियारको छानबिन घेरामा समेत पर्न पुगेको छ ।

मितव्ययी र पारदर्शी रूपमा परीक्षा सञ्चालन नगरेको आरोप खेप्दै आएका त्रिवि सेवा आयोगका पदाधिकारीमाथि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको हो ।

आयोगले यसअघि २०५६, २०६८ र २०७१ सालमा परीक्षा लिएको थियो । ती सबै परीक्षामा विद्यार्थी संगठनदेखि कर्मचारी, प्राध्यापक र परीक्षा दिएका विद्यार्थीहरूले समेत अनियमितता भएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए ।

त्रिवि सेवा आयोगले आर्थिक वर्ष २०७३/७४ मा विभिन्न प्रशासनिक पदमा १७० जनाका लागि खुला आवेदन माग गरेको थियो । तर, सो परीक्षामा आयोग पदाधिकारीहरूले आफन्तलाई भर्ती गर्न खोजेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारले सबै उत्तरपुस्तिका नियन्त्रणमा लिएको छ । अख्तियारले आवश्यकताका आधारमा सम्बन्धित निकायसँग बयान लिने काम पनि अघि बढाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ६ : ५० बजे

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम