एचआईभी संक्रमित गोपाल सगरमाथाको चुचुरोमा « Khabarhub

एचआईभी संक्रमित गोपाल सगरमाथाको चुचुरोमा


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- एचआईभी संक्रमित पूर्वराष्ट्रिय खेलाडी गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन् ।

२५ वर्षदेखि एचआइभीको संक्रमणमा रहेका उनले एचआइभी संक्रमितले पनि केहि गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथाको आरोहण गर्न लागेको बताएका थिए । उनले आज (बुधबार) बिहान सगरमाथाको चुचुरोमा सफलतापूर्वक टेकेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

५६ वर्षका गोपाल श्रेष्ठले संक्रमितहरुलाई दया, माया वा हेला नभई अवसर र सहभागिताको अनुकूल वातावरण भए तिनले पनि अरु सामान्य मानिसले झैं आफ्नो परिवार, समाज, राष्ट्र र सम्पूर्ण विश्वकै लागि केही गर्न सक्छन् भन्ने सन्देश प्रवाह गरेका छन् ।

सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रालिका फुर्वा तेन्जिङ शेर्पाको नेतृत्व र दाकिपा शेर्पाको सहजीकरणमा आरोही गोपाल श्रेष्ठले सगरमाथा आरोहण गरेका हुन् ।

΄स्टेप अप क्याम्पेनः सेकेण्ड फेज’ अभियान अन्तर्गत सगरमाथा आरोहण गर्न सफल श्रेष्ठले यसअघि थोराङ्-ला पास (५४१७ मि.), आइसल्याण्ड पिक (६१८९), र भर्जिन पिक खाङ कार्पो (६६४६ मि.) को आरोहण गरिसकेका छन् भने सन् २०१५ को महाभूकम्पका कारण सगरमाथा आधार शिविरमा घाइते अवस्थामा उनको उद्धार गरिएपछि सगरमाथा आरोहणको त्यहिं अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ८ : ५७ बजे

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित

काठमाडौं– ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन

‘अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टि’ पुस्तक सार्वजनिक, अर्थमन्त्रीले गरे विमोचन

काठमाडौं- नेपाल आर्थिक पत्रकार समाज सेजनले ‘अर्थनीतिमा डा. स्वर्णिम वाग्‍लेको

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं- सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती राखेर