‘बाहुबली’ ले दिए फ्यानलाई यस्तो सप्रराइज « Khabarhub

‘बाहुबली’ ले दिए फ्यानलाई यस्तो सप्रराइज


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार प्रभासको फिल्म ‘बाहुबली’ ले बक्स अफिसमा धुम मच्चायो, फ्यानको मन जित्यो । फ्यान यतिबेला प्रभासको फिल्म ‘साहो’ को पर्खाइमा छन् । उनी यही फिल्मबाट लामो समयपछि सिनेमा घरमा छाउँदैछन् ।

फिल्मले कमालको व्यापार गर्नेछ र रेकर्ड तोड्नेछ भनेर अहिले नै अनुमान गरिएको छ । यसैबीच प्रभासले सामाजिक सञ्जालमा एक पोस्टर रिलिज गर्दै फिल्मको रिलिज मिति बताएका छन् ।

पोस्टरका अनुसार अब यो फिल्म १५ अगस्टमा रिलिज हुँदैछ । खबरका अनुसार ‘साहो’ मा प्रभास आफ्ना लोकप्रिय अभिनेता रजनीकान्तका स्टाइलमा हुनेछन् । उनले फिल्ममा एक्सन मात्र गर्ने छैनन् । कमेडी पनि गरिरहेका हुनेछन् । फिल्ममा प्रभासले एक अन्तर्राष्ट्रिय एजेन्टको भूमिका निभाउने छन् । फिल्ममा उनको डबल भूमिका देख्न सकिनेछ । यो फिल्मको छायांकन भारत र दुबईमा गरिएको छ ।

यो फिल्ममा प्रभाससँगै श्रद्धा कपूरको पनि अहम् भूमिका हुनेछ । यही फिल्मबाट श्रद्धा कपूर दक्षिण भारतीय फिल्म उद्योगमा डेब्यु गर्दैछिन् । फिल्मको रिलिजअघि नै पर्याप्त चर्चा छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १२ : ४४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि