‘बाहुबली’ ले दिए फ्यानलाई यस्तो सप्रराइज « Khabarhub

‘बाहुबली’ ले दिए फ्यानलाई यस्तो सप्रराइज


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार प्रभासको फिल्म ‘बाहुबली’ ले बक्स अफिसमा धुम मच्चायो, फ्यानको मन जित्यो । फ्यान यतिबेला प्रभासको फिल्म ‘साहो’ को पर्खाइमा छन् । उनी यही फिल्मबाट लामो समयपछि सिनेमा घरमा छाउँदैछन् ।

फिल्मले कमालको व्यापार गर्नेछ र रेकर्ड तोड्नेछ भनेर अहिले नै अनुमान गरिएको छ । यसैबीच प्रभासले सामाजिक सञ्जालमा एक पोस्टर रिलिज गर्दै फिल्मको रिलिज मिति बताएका छन् ।

पोस्टरका अनुसार अब यो फिल्म १५ अगस्टमा रिलिज हुँदैछ । खबरका अनुसार ‘साहो’ मा प्रभास आफ्ना लोकप्रिय अभिनेता रजनीकान्तका स्टाइलमा हुनेछन् । उनले फिल्ममा एक्सन मात्र गर्ने छैनन् । कमेडी पनि गरिरहेका हुनेछन् । फिल्ममा प्रभासले एक अन्तर्राष्ट्रिय एजेन्टको भूमिका निभाउने छन् । फिल्ममा उनको डबल भूमिका देख्न सकिनेछ । यो फिल्मको छायांकन भारत र दुबईमा गरिएको छ ।

यो फिल्ममा प्रभाससँगै श्रद्धा कपूरको पनि अहम् भूमिका हुनेछ । यही फिल्मबाट श्रद्धा कपूर दक्षिण भारतीय फिल्म उद्योगमा डेब्यु गर्दैछिन् । फिल्मको रिलिजअघि नै पर्याप्त चर्चा छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १२ : ४४ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई