बोक्सीले रगत चुस्दा शरीरमा निलो दाग बस्छ ? यी ८ कारणले बताउँछ वास्तविकता « Khabarhub

बोक्सीले रगत चुस्दा शरीरमा निलो दाग बस्छ ? यी ८ कारणले बताउँछ वास्तविकता


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहिँ विहान उठ्दा तपाईंको शरीरमा निलो दाग–धब्बा देखिन्छ ? यस्तो दाग दुख्छ पनि ?

यदि तपाईंको शरीरमा पनि निलो दाग र धब्बा देखिन्छ भने सावधान भइहाल्नुहोस् । किनकि शरीरमा आउने कुनै पनि परिवर्तनले तपाईंको नराम्रो स्वास्थ्य अवस्थालाई संकेत गरिरहेको हुन्छ ।

नेपाली समाजमा एउटा अन्धविश्वास पनि छ, शरीरमा निलो दाग देखियो भने बोक्सीले चुसेको भन्ने गरिन्छ । खासगरेर महिलाको खुट्टा र पाखुरामा यस्तो दाग देखियो भने बोक्सीले चुसेको भन्ने गरिन्छ । तर, यसमा कुनै सत्यता हुँदैन ।

चिकित्सकहरु शरीरमा यस्तो निलो दाग ८ ओटा कारणले देखिन सक्ने बताउँछन् । ति ७ कारण निम्नानुसार छन्,

छालामा चोट

आम रुपमा छालामा चोट लाग्दा यस्तो दागहरु देखिन्छ । कहिलेकाँही तपाईंको आफ्नै शरीरको भागले पनि अर्को भाग थिच्चिने अवस्था हुन्छ । यस्तै कुनै बस्तुसँग ठक्कर खाँदा पनि यस्तो चोट लाग्न सक्छ ।

यसरी चोट लाग्दा शरीरका रक्त धमनिमा असर पुग्न जान्छ, जसका कारण शरीरमा निलो दाग देखिन्छ ।

खानामा पोषण तत्वको कमि

रगत जम्न र रगतका धमिनिमा लाग्ने चोटहरु भर्नका लागि हाम्रो शरीरलाई केही भिटामिन र मिनरलको महत्वपूर्ण भूमिका हुन्छ । यसकारण तपाईंले खानामा यस्तो भिटामिन र मिनरल प्राप्त हुने चिजहरु समावेश गर्नुपर्ने हुन्छ ।

जस्तै भिटामिन ‘के’ले रगत जम्न मद्दत गर्छ भने भिटामिन ‘सी’ले त्वचा र रक्त धमनिमा चोट लाग्नबाट बचाउँछ । यस्तै जिंक र आइरनजस्ता मिनरलले चोटलाई छिट्टै निको पार्न मद्दत गर्छन् ।

क्यान्सर र किमोथेरापीका कारण

तपाईं क्यान्सरपीडित हो र नियमित किमोथेरापी गर्नुहुन्छ भने पनि शरीरमा निलो दाग देखिन्छ । यस्तो यसकारण हुन्छ कि किमोथेरापी गर्दा ब्लड प्लेट्सहरु धेरै तल आउने गर्छन् । ब्लड प्लेट्सहरु तल आउँदा शरीरमा निलो दाग देखिने गर्छ ।

औषधी सेवनका कारण

केही औषधि र सप्लिमेन्ट्स प्रयोग गर्दा पनि शरीरमा निलो दाग देखिन सक्छ । वार्फरिन र एस्प्रिन जस्ता रगतलाई पातलो बनाउने औषधि सेवन गर्दा शरीरमा निलो दाग देखिन्छ । यस्तै माछाको तेल, लसुन जस्ता केही प्राकृतिक सप्लिमेन्ट्सहरु अधिक सेवन गर्दा पनि शरीरमा निलो दाग देखिन्छ ।

वंशाणुगत रोग हिमोफिलियाका कारण

वंशाणुगत रोग हिमोफिलियाका कारणले पनि शरीरमा निलो दाग देखिन्छ । यो रोगका कारण शरीरको बाहिरी भागमा रगत जम्ने समस्या हुन्छ ।

यो रोग रगतमा थ्राम्बोप्लास्टिन नामक पदार्थको कमिका कारण हुन्छ ।

बढ्दो उमरका कारण

बढ्दो उमेर र बुढ्यौलीका कारणले पनि तपाईंको शरीरमा निलो दाग देखिन्छ । बढ्दो उमेरसँगै रगतका धमिनिहरु कमजोर हुने भएकाले बढ्यौलीका कारण शरीरमा निलो दाग देखिन्छ ।

थ्रम्बोफिलियाको समस्याका कारण

थ्रम्बोफिलिया रगत जाम हुने एक प्रकारको समस्या हो । यसले रक्त प्रवाहमा असर पुर्याउने गर्छ । यसलाई ब्लिडिङ डिसअर्डर पनि भनिन्छ, जसका कारण ब्लड प्लेट्सहरु धेरै कम हुन्छ । ब्लड प्लेट कम हुँदा शरीरमा निलो दाग देखिन्छ ।

वोन विलिब्रान्ड रोगका कारण

वोन विलिब्रान्ड रोग एक यस्तो अवस्था हो, जसमा अत्यधिक र विस्तारित मात्रामा रक्तश्राव हुने गर्छ । यो रोग वोन विलिब्रान्ड नामक प्रोटिनको स्तरमा रगतको कमिका कारण लाग्ने गर्छ । यो समस्याबाट पीडित व्यक्तिको शरीरमा सामान्य चोट लाग्दा पनि शरीरमा ठूला निलडाम देखिने गर्छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १ : २६ बजे

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका