त्रिवि सेवा आयोग खारेज गर्न गजुरेलको माग « Khabarhub

त्रिवि सेवा आयोग खारेज गर्न गजुरेलको माग


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

संयोजक गजुरेलले भ्रष्टाचारमा मुछिएको भन्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन् ।

बुधबार अखिल क्रान्तिकारीले सो सेवा आयोग खारेजको माग गर्दै जारी राखेको आयोगको कार्यालय मूलगेटको अनिश्चितकालीन धर्ना कार्यक्रमप्रति ऐक्यवद्धता जनाउन धर्नास्थल पुगेका नेता गजुरेलले योग्यता र क्षमताको आधारमा भन्दा पनि राजनीतिक भागबण्डाको आधारमा परीक्षा लिनेलगायतका गलत काम गर्ने सो सेवा आयोग खारेज गर्नुको विकल्प नरहेको दावी गरे ।

अखिल क्रान्तिकारीले भ्रष्टाचार गरेकोलगायतका आरोप लगाउँदै गत सोमबारबाट सो आयोगको खारेजीको माग गर्दै अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेको हो । भर्ना कार्यक्रममा मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का युवा, प्राध्यापकलगायतका संगठनहरुले पनि ऐक्यवद्धता जनाएका छन ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ३ : १९ बजे

जबरा आउन सक्ने भन्दै सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने

लुमन्तीले लमजुङमा भूकम्पपीडितका लागि ४० घर निर्माण गर्ने

लमजुङ – लुमन्ती नामक गैरसरकारी संस्थाको आवासका लागि सहयोग समूहअन्तर्गत

जनमत पार्टीले टुंग्यायो प्रदेशतर्फका समानुपातिक सांसद

काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकबाट प्रतिनिधिसभा र

रोकियो मालढुङ्गा–बेनी सडक निर्माण 

म्याग्दी – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक

जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन आज पनि बार धर्ना दिँदै  

काठमाडौं – नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च