चुनावी नतिजा बाहिरिएसँगै इण्डोनेशियामा हिंसा मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु « Khabarhub

चुनावी नतिजा बाहिरिएसँगै इण्डोनेशियामा हिंसा मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इण्डोनेशिया– इण्डोनेशियामा हालै भएको निर्वाचनको परिणाम बाहिरिएसँगै शुरु भएको हिंसामा परी कम्तीमा ६ जनाको ज्यान गएको छ ।

गत अप्रिल १७ मा भएको निर्वाचनको नतिजा बाहिरिएसँगै इण्डोनेशियामा हिंसा मच्चेको हो । नतिजामा वर्तमान राष्ट्रपति जोको ‘जोकोवी’ विदोदो विजयी भएको जनाइएपछि उनका प्रतिद्वन्द्वी प्राबोवो सुबियान्तोका समर्थकले धाँधली भएको भन्दै राजधानी जकर्तामा प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरुले पेट्रोल बम, ढुङ्गामुढा प्रहार गरी ठाउँठाउँमा आगजनी गरेका थिए । जवाफमा प्रहरीले अश्रुग्याँस, रबरको गोली तथा पानीको फोहोरा प्रहार गरेको थियो ।

मंगलबार रातिबाट शुरु भएको यो झडप ५ घण्टासम्म जारी रहेको जनाइएको छ ।

झडपमा अन्य २ सय जना भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मतपरिणाम अनुसार राष्ट्रपति विदोदोले ५५.५ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सुबियान्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेका छन् ।

निर्वाचनको परिणाम बाहिरिएपनि सुबियान्तोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मानेका थिएनन् । उनले मुलुकका पाँच प्रान्तमा भएका मतदानमा धाँधली भएको भन्दै पुनः मतदान गराउनुपर्ने अडान लिएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ३ : ५१ बजे

मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

जनकपुरधाम– राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री

यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह

काठमाडौं- अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५

पूर्णबहादुरले माफी माग्दै भने- निर्णय नहुँदासम्म बैठक सारिरहन्छु

काठमाडौँ- नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार

जनपुरलाई हराएपछि पोखराका विपिन भन्छन्ः टिमको मनोबल बढेको छ

काठमाडौं – पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर

धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते

काठमाडौं – धरानमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी बैठकमा दुई