प्राधिकरणको बक्यौता उठाउन अदालत बन्यो बाधक « Khabarhub

प्राधिकरणको बक्यौता उठाउन अदालत बन्यो बाधक


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेडिकेटेड तथा ट्रक लाईनबाट विद्युत सेवा लिएका उद्योग तथा प्रतिष्ठानबाट ९ अर्ब ९ करोड ४० लाख ४६ हजार रुपैया बक्यौता उठाउन बाँकी रहेको प्रधिकरणको प्रदिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार कूल २३९ डेडिकेटेड र ६९ ट्रंक लाइनबाट हालसम्म रु २३ अर्ब ५५ करोड ७६ लाख ४४ हजार बराबरको महशुल उठेको छ । मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिनिधिसभाको लेखा समितिलाई बुझाएको प्रतिवेदन अनुसार विभिन्न ठाउँका उद्योग तथा प्रतिष्ठानसँग असुल गर्न बाँकी बक्यौताबारे विवरण पेश गरेका थिए ।

विवरण अनुसार विराटनगर क्षेत्रबाट १ अर्ब ६ करोड, जनकपुरबाट १ अर्ब ९ करोड, हेटौडा क्षेत्रबाट ४ अर्ब ३२ करोड, महशुल उठ्न बाँकी छ । त्यस्तै काठमाडौंबाट १८ करोड, बुटवल क्षेत्रबाट १ अर्ब ३८ करोड नेपालगन्ज क्षेत्रबाट रु १ अर्ब ३ करोड उठ्न बाँकी छ । ठूलो परिमाणको विद्युत् बक्यौता उठाउन बाँकी रहेको र त्यसमा प्राधिकरणले चासो नदिएको भन्दै प्राधिकरणविरुद्ध समितिमा उजुरी परेको थियो ।

उक्त उजुरीको सुनुवाई गर्ने क्रममा सासंदहरुले उद्योगीसँग मिलेमातो गरको निर्देशक घिसिङलाई आरोप समेत लगाएका थिए । प्रतिउत्तर दिँदै निर्देशकले घिसिङले मिलेमतो तथा भष्ट्राचारको आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार भएको बताएका थिए । समितिको छलफलमा ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सहभागी थिए ।

महशुलका सम्बन्धमा चित्त नबुझाएका उद्योगी–व्यवसायीले अदालतमा मुद्दा दर्ता गराएकाले बक्यौता उठाउन समस्या भएको प्राधिकरण र मन्त्रालयले लेखा समितिलाई स्पष्टीकरण दिएको छ । वि.सं.२०७२ साल असारदेखि डेडिकेटेड र ट्रंक लाइनमार्फत् प्राधिकरणले विभन्न क्षेत्रमा विद्युत दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ५ : ०९ बजे

‘होल्डिङ सेन्टरमा बालकबालिकाका लागि सरकारको पहल सकारात्मक’

काठमाडौं– विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका

भारतमा जुन २२–२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक

नयाँदिल्ली– भारतले जुन २२ र २३ मा ब्रिक्स राष्ट्रहरूको राष्ट्रिय

पाकिस्तानमा दुई विस्फोट, सात जनाको मृत्यु

पेशावर- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा शनिबार भएका दुई

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु