आमा लागुऔषध कारोबारी, छोराहरु दुर्व्यसनी « Khabarhub

आमा लागुऔषध कारोबारी, छोराहरु दुर्व्यसनी


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा अवैध लागू औषधको कारोबार गर्ने एक महिलाले आफ्नै छोरालाई लागू औषध सेवन गराउने गरेको खुलासा भएको छ ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले काठमाडौं महानगरपालिका वडा नम्बर १६ की ५० वर्षीया सावित्री श्रेष्ठले भारतीय सिमाबाट लागू औषध नियन्त्रित मनोद्धिपक पदार्थ एम्पुल मगाई आफ्नै घरबाट बिक्री वितरण गर्ने क्रममा उनका छोराहरु नै कुलतमा फसेको पाइएको जानकारी गराएको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी व्यूरोका एसएसपी बसन्तकुमार लामाले घरबाटै लागू औषध विक्री वितरण गर्ने क्रममा निज श्रेष्ठका दुई वटा छोराहरु पनि लागू औषधको लतमा फसेको अनुसन्धानको क्रममा खुल्न आएको जानकारी दिए ।

गत मंगलबार निज श्रेष्ठलाई प्रहरीले लागू औषध नियन्त्रित मनोद्धिपक लागू औषधहरु डाइजेपाम, बुप्रेनोर्फिन, फेनार्गन जस्ता लागू औषध विक्री वितरण गरी संकलन गरेको १ लाख ४१ हजार रुपैयाँसहित नयाँ बसपार्कबाट पक्राउ गरेको थियो । प्रहरीले श्रेष्ठको कोठाबाट डाइजेपाम ६७० एम्पुल,बुप्रेनोर्फिन ५६१ एम्पुल,फेनार्गन ५६० एम्पुल पनि बरामद गरेको छ ।

त्यसैगरी प्रहरीले लागू औषध चरेशसहित झापाका संजय दर्जी, मनोज दर्जी, धनकुटा घर भई हाल सुनसरीको इटहरी बस्दै आएका कुमार गुरुङलाई पनि पक्राउ गरेको छ ।

एसएसपी लामाले उनीहरुलाई १७ केजी चरेशसहित झापा जिल्लाको टोकला चिया बगानबाट पक्राउ गरिएको जानकारी दिए । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ६ : २५ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना