सुरुङमा फसेका मजदूर भन्छन्- मरिन्छ कि भन्ने लागेको थियो, बाँचेर आइयो « Khabarhub

सुरुङमा फसेका मजदूर भन्छन्- मरिन्छ कि भन्ने लागेको थियो, बाँचेर आइयो


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा बिहीबार राति थुनिएका १७ मजदुर शुक्रबार बिहानै सकुशल निस्किन सफल भए । थुनिएको चार घन्टामा सुरुङभित्र अक्सिजन कम हुन थालेपछि चुनौती मोलेर २ बजेपछि बाहिर निस्किएको उनीहरूले बताएका छन्। सुरक्षाकर्मीको योजना भने बिहान ६ बजे उद्धार गर्ने थियो। सुरुङमा थुनिएका निमा सेदर तामाङले कष्टकर बसाइका बारेमा गरेको कुराकानी नयाँ पत्रिकाले छापेको छ ।

कुराकानीका क्रममा उनले भनेका छन्-साँझ खाना खाएर साथीहरू सबै टनेलमा छिर्‍यौँ। काम शुरु गरिसकेका थियौँ। बाहिर अँध्यारो भइसकेको थियो। एक्कासि ठूलो आवाज आयो, ब्लास्ट गरेजस्तो। बत्ती झ्याप्पै गयो। सुरुङभित्र पूरै अन्धकार भयो ।

बाहिर पहिरो गइरहेको सजिलै थाहा हुन्थ्यो। धेरै डर लाग्यो। परिवारको मुख हेर्न नपाई मरिन्छ कि भन्ने पनि लाग्यो। सबै एकै ठाउँमा जम्मा भएर बस्यौँ। पालैपालो मोबाइलको लाइट बालेर उज्यालो बनाएका थियौँ। थुनिएको केही घन्टासम्म बाहिर प्रहरीसँग रेडियो सेटमार्फत कुरा भएको थियो। उहाँहरूले सचेत भएर बस्नु, भोलि बिहान उद्धार हुन्छ भन्नुभएको थियो।

तर, साढे १ बजेतिर अक्सिजन अभाव भएको महसुस भयो। श्वास फेर्न गाह्रो हुन थाल्यो। त्यसपछि हामी नेपालीले अब बाहिर निस्किनुपर्छ भन्ने योजना बनायौँ। चिनियाँसँग कुरा राख्यौँ। तर, उनीहरूले हुँदैन भने। बाहिर जाने र नजाने भन्नेमा भित्रै चर्काचर्की पनि चल्यो। २ बजेतिर हामी चार नेपाली साथीले बाहिर निस्किने निष्कर्ष निकाल्यौँ।

भित्रै मर्नुभन्दा बाहिर निस्किनुपर्छ भन्दै अगाडि बढ्यौँ। त्यतिवेला बाहिर पहिरो खसेको आवाज पनि सुनिएको थिएन। हामी निस्किएपछि अरू पनि एक–दुईजना गर्दै पछिपछि आए। डरैडरमा सबैजना राति नै सकुशल बाहिर निस्किन सफल भयौँ। बाँचेर आयौँ, आफ्नै क्याम्पमा गएर बस्यौँ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ७ : ०८ बजे

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा मानव-बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग