नेकपा सचिवालय बैठक आज : सांगठनिक एकता र कार्यविभाजनको एजेन्डा प्रस्तुत हुने « Khabarhub

नेकपा सचिवालय बैठक आज : सांगठनिक एकता र कार्यविभाजनको एजेन्डा प्रस्तुत हुने


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (शनिबार) बस्दैछ । बालुवाटारमा बस्ने बैठकमा शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तय गरेको एजेन्डामा बैठक केन्द्रित हुनेछ ।

पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंगो लगाउने विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार छलफल भएको छ । शुक्रबार दिउँसो दुई घन्टासम्म भएको छलफलले शनिबारदेखि शुरु हुने पार्टी सचिवालय बैठकको एजेन्डा तय गरेको हो ।

आजको सचिवालय बैठकमा सबैभन्दा पहिले पार्टीको राजनीतिक प्रतिवेदन पेस भई पारित गर्ने एजेन्डा राखिएको सचिवालयले जनाएको छ । त्यस्तै बैठकमा पार्टीको सांगठनिक एकता र कार्यविभाजनको एजेन्डा प्रस्तुत हुनेछ ।

शुक्रबार भएको अध्यक्षद्वयको छलफलले पार्टीको सिद्धान्त कस्तो हुने भन्ने विषयसमेत टुंग्याएको बालुवाटार स्रोतले जनाएको छ । पार्टीको सिद्धान्त बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई संयोजन गरेर जनताको जनवाद बनाउने भन्ने कुरामै एकीकृत पार्टीका नेताहरूको मत बाझिएपछि पहिले राजनीतिक दस्तावेज सार्वजनिक गर्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिएका थिए ।

राजनीतिक सिद्धान्तको विषयले लामो बहस बढ्ने भन्दै दुवै अध्यक्षले रानीतिक प्रतिवेदन सार्वजनिक गरेपछि कार्यविभाजनको मापदण्डमा छलफल हुनेछ । पार्टीभित्र कार्यविभाजनको विषयलाईसमेत लिएर नेताहरूबीच देखिएको मतभेदलाई सम्बोधन गर्न दुबै अध्यक्ष सहमत भएका छन् ।

केन्द्रीय तथा जिल्ला तहका नेताहरुको कार्यविभाजनमा दोहोरो जिम्मेवारी दिने या नदिने भन्नेमा अध्यक्ष ओली र सचिवालय सदस्य माधवकुमार नेपालबीच मतभेद छ । मापदण्डका विषयमा भने अध्यक्ष दाहालले नेताहरूको सक्रियता र कामका आधारमा जिम्मेवारी दिँदा कतिपयलाई दोहोरो जिम्मेवारी भए पनि फरक नपर्ने बताउँदै आएका छन् ।

गत वर्ष जेठ ३ गते एकीकरण भएको नेकपाले अझै एकताका सम्पूर्ण प्रक्रिया पूरा गर्न सकेको छैन ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ९ : ०५ बजे

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२–८३ को

यी भूभागमा चट्याङसहित वर्षाको सम्भवना, तराईमा तापक्रम बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु

सान डिएगो – अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा

कांग्रेस संविधानको रक्षार्थ अघि बढ्छः सभापति थापा

काभ्रेपलाञ्चोक – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब आफ्नो पार्टी

चेन्नाईलाई हराउँदै हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा