पशुपतिनाथ दर्शनको खर्च राज्यले बेहोर्ने « Khabarhub

पशुपतिनाथ दर्शनको खर्च राज्यले बेहोर्ने


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पछिल्लो समय धार्मिक पर्यटनको प्रभाव बढ्दो छ। छिमेकी राष्ट्र भारतले त धार्मिक पर्यटन बापतको रकम राज्यले नै खर्च गर्नेगरी नीति बनाएको छ। यस्तो निर्णय गरेको हो भारतको राजस्थान प्रदेश सरकारले । राजस्थानले पशुपतिनाथ दर्शनका लागि आफ्नो राज्यका ज्येष्ठ नागरिकको सबै खर्च व्यहोर्ने भएको छ।

राजस्थान सरकारले पर्यटन तथा देवस्थान मन्त्रालयले ६५ वर्ष र त्योभन्दा माथि उमेरका नागरिकलाई यो सुविधा दिने घोषणा गरेको हो। हिन्दुहरूको महान् तीर्थस्थलमध्येको एक पशुपतिनाथ भएकाले ज्येष्ठ नागरिकलाई पशुपतिनाथ मन्दिर जाने वातावरणका लागि यो निर्णय गरेको प्रदेशका पर्यटन तथा देवस्थानमन्त्री विशवेन्द्र सिंहले जानकारी दिए।

राजस्थान सरकारले विगत केही वर्षयता ज्येष्ठ नागरिकको तीर्थाटनका लागि विभिन्न तीर्थस्थलसम्म निश्चित संख्याका लागि सबै खर्च व्यहोर्दै आएको छ। उक्त सूचीमा भारत बाहिरको पहिलो गन्तव्यका रूपमा पशुपतिनाथलाई समेत समावेश गरिएको हो।

राजस्थान राज्य सरकारले गरेको पछिल्लो निर्णयअनुसार काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा लाग्ने दुईतर्फी हवाई भाडासहितको सम्पूर्ण खर्च राजस्थान सरकारले नै व्यहोर्नेछ। यसअघि भारतभित्रैका ६ वटा तीर्थस्थलका लागि यस्तो व्यवस्था थियो।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  १२ : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै