राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने बेला भएको छ :नेपाल « Khabarhub

राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने बेला भएको छ :नेपाल


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।

थाहा दर्शनका प्रवर्तक रुपचन्द्र बिष्टको २० औँ स्मृति दिवसका अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले जनअपेक्षा अनुसार काम गर्न सकियो/सकिएन भनि राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने समय आएको बताएका हुन् ।

उनले गरीबी, अभाव, बेरोजगारी, विकृति, विसंगतीको अन्त्य गर्दै सुखी नेपाली सम्मृद्ध नेपालको चाहाना पूरा गर्नका लागि कार्य प्रगतिको समिक्षा र वहसको आवश्यकता औँल्याए । आर्थिक सम्मृद्धिको नाराले मात्रै मुलुक र मुलुकबासीको चाहना र अपेक्षा पूरा हुन नसक्ने भन्दै उनले समाजले चाहेको आवश्यकतालाई नेतृत्वले बुझ्न सक्नुपर्नेमा जोड दिए ।

‘आत्मसमिक्षा गर्नुपर्ने छ । साँच्चै जनताले आशा अपेक्षा गरे बमोजिम, सबैले हामीसँग माग गरे बमोजिम हामीले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न सकिरहेका छौं?’ उनले भने, ‘यदि सकिरहेका छैनौँ भने कसरी सकिन्छ त ? आत्मचिन्तनको खाँचो छ । आत्मनिरीक्षण र आत्मपरीक्षाको खाँचो पनि छ ।’

पूर्व प्रधानमन्त्री नेपालले जनचाहना पूरा गर्नका लागि राजनीतिक नेतृत्वले आफ्नो आचरण, बानीव्यहोरा र संस्कारमा पनि परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ६ : ०७ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक