नेकपा सचिवालय बैठक– प्रतिवेदन सम्पादनमा लैजाने निर्णय | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक– प्रतिवेदन सम्पादनमा लैजाने निर्णय


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने निर्णय गरेको छ ।

शनिवार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनका लागि पठाउने निर्णय गरेको हो । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार वैठकले राजनीति प्रतिवेदनलाई सम्पादनका लागि पठाउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले आफ्नो युरोप भ्रमणबारे जानकारी गराएका थिए ।

बैठकले पार्टीको सांगठनिक एकता र कार्यविभाजनलाई टुंगो लगाउने भनिएको भएपनि त्यस्तो केही निर्णय भने हुने सकेन ।

पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंगो लगाउने विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार छलफल भएको थियो ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ६ : ४६ बजे

सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सेवाग्राही खोज्दै सहर

नस्ल सुधारका लागि नौ हजार पशुमा कृत्रिम गर्भाधान

तनहुँ– तनहुँमा एक वर्षमा नौ हजार ५०० भन्दा बढी पशुको

पर्यटकका लागि सहज गन्तव्य बन्दै ‘चखेवा भञ्ज्याङ’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज

कृषिसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै

ट्रम्पको कर घोषणाले विश्व बजारमा नयाँ युद्ध सुरु भएको भारतको प्रतिक्रिया

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे