चिकित्सकले लापरवाही गर्दा बिरामीको मृत्यु भएको भन्दै नर्सिङहोममा तोडफोड « Khabarhub

चिकित्सकले लापरवाही गर्दा बिरामीको मृत्यु भएको भन्दै नर्सिङहोममा तोडफोड


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पाठेघरसम्बन्धी बिरामी महिलाको उपचारको क्रममा शनिवार मृत्यु भएपछि विराटनगर–२ मुनालपथस्थित विराट नर्सिङहोम तनावग्रस्त भएको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका विराटचौक घरभएकी ३८ वर्षीया चेलीमाया भनिने प्रिती कोइरालाको उपचारको क्रममा मृत्यु भएपछि चिकित्सकले लापरवाही गरेको आरोप लगाउँदै मृतकका आफन्तले नर्सिङहोमको गेटमा ताला लगाउनुका साथै सामान्य तोफोडसमेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले नर्सिङहोममा सुरक्षा दिनुका साथै लगाइएको ताला खोलेको छ ।

नर्सिङहोम प्रशासनले सङ्क्रमणका कारण बिरामीको मृत्यु भएको हो र यसमा चिकित्सकको कुनै लापरवाही नरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले अहिले स्थिति सामान्य रहेको र दुवै पक्षबीच वार्ताको तयारी भइरहेको जानकारी दिए। बिरामीको उपचारको करीब २८ घण्टापछि कोइरालाको मृत्यु भएको थियो ।

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको विरोधमा विराटनगर–धरान सडकखण्डमा टायर बालेर अवरुद्ध गर्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ८ : १२ बजे

कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या विविध कारणले घट्दै जाँदा उत्पादनमा कमी

काठमाडौँ- कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या विविध कारणले घट्दै जाँदा कृषि

निजिकरणमा गएका सार्वजनिक संस्थानमध्ये आठ नाफामा, चार घाटामा र छ बन्द

काठमाडौँ– निजिकरणमा गएका सार्वजनिक संस्थानमध्ये हाल आठ नाफामा, चार घाटामा

लुम्बिनी केबुलकार सञ्चालनमा आउँदै

बुटवल- बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार

अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतले जित्यो

काठमाडौँ– भारतले काजाकस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल

त्रिनगर ब्यारेलबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी– कैलालीको धनगढीबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ