शिक्षाबाटै असमानता र विभेदको अन्त्य : राष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

शिक्षाबाटै असमानता र विभेदको अन्त्य : राष्ट्रपति भण्डारी


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको माध्यमबाट सबैखाले असमानता र विभेद अन्त्य हुने बताएकी छिन् ।

सप्तरीको डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित जनता माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षाकै माध्यमबाट सबैखाले असमानता र विभेदलाई जरैदेखि समाप्त पार्न सकिने बताइन् ।

हीरक जयन्ती स्तम्भ र विद्यालय भौतिक सुविधा विस्तार कार्यक्रमअन्तर्गत निर्मित पक्की भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शिक्षा नै सर्वाङ्गीण विकासको महत्वपूर्ण माध्यम भएको बताइन् ।

उनले उच्च शिक्षाको बलियो जगको रुपमा रहेको विद्यालय तहको शिक्षालाई प्रभावकारी तुल्याउन सुदृढ शैक्षिक तथा भौतिक पूर्वाधार विकास आवश्यक रहेको बताइन् ।

आमा समूहलगायत स्थानीय समुदायलाई परिचालन गर्दै विद्यालयमा स्वस्थ्य र पौष्टिक दिवाखाजा उपलब्ध गराई बालबालिकाको स्वास्थ्य र गुणस्तरीय शिक्षामा जोड दिन पनि राष्ट्रपति भण्डारीले आह्वान गिरन् ।

राष्ट्रपति भण्डारीले चुरे पर्वत शृङ्खलाको अनियन्त्रित दोहनलाई रोकी वृक्षरोपणलाई तीव्रता दिन, जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन, सांस्कृतिक पर्यटकीय क्षेत्रको विकास गर्न, बाढीलगायतको प्राकृतिक प्रकोप नियन्त्रणका लागि पूर्वतयारीमा रहन सम्बद्ध पक्षको ध्यानाकर्षण गराइन् ।

मन्तव्यका क्रममा राष्ट्रपति भण्डारीले तरहीगाउँमा २१ वर्षअघि आएको र केहीबेर विद्यालयमा बसेको सम्झनासमेत स्मरण गरिन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ९ : १० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र