शिक्षाबाटै असमानता र विभेदको अन्त्य : राष्ट्रपति भण्डारी « Khabarhub

शिक्षाबाटै असमानता र विभेदको अन्त्य : राष्ट्रपति भण्डारी


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको माध्यमबाट सबैखाले असमानता र विभेद अन्त्य हुने बताएकी छिन् ।

सप्तरीको डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित जनता माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षाकै माध्यमबाट सबैखाले असमानता र विभेदलाई जरैदेखि समाप्त पार्न सकिने बताइन् ।

हीरक जयन्ती स्तम्भ र विद्यालय भौतिक सुविधा विस्तार कार्यक्रमअन्तर्गत निर्मित पक्की भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शिक्षा नै सर्वाङ्गीण विकासको महत्वपूर्ण माध्यम भएको बताइन् ।

उनले उच्च शिक्षाको बलियो जगको रुपमा रहेको विद्यालय तहको शिक्षालाई प्रभावकारी तुल्याउन सुदृढ शैक्षिक तथा भौतिक पूर्वाधार विकास आवश्यक रहेको बताइन् ।

आमा समूहलगायत स्थानीय समुदायलाई परिचालन गर्दै विद्यालयमा स्वस्थ्य र पौष्टिक दिवाखाजा उपलब्ध गराई बालबालिकाको स्वास्थ्य र गुणस्तरीय शिक्षामा जोड दिन पनि राष्ट्रपति भण्डारीले आह्वान गिरन् ।

राष्ट्रपति भण्डारीले चुरे पर्वत शृङ्खलाको अनियन्त्रित दोहनलाई रोकी वृक्षरोपणलाई तीव्रता दिन, जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन, सांस्कृतिक पर्यटकीय क्षेत्रको विकास गर्न, बाढीलगायतको प्राकृतिक प्रकोप नियन्त्रणका लागि पूर्वतयारीमा रहन सम्बद्ध पक्षको ध्यानाकर्षण गराइन् ।

मन्तव्यका क्रममा राष्ट्रपति भण्डारीले तरहीगाउँमा २१ वर्षअघि आएको र केहीबेर विद्यालयमा बसेको सम्झनासमेत स्मरण गरिन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ९ : १० बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी