बैंक तथा वित्तिय संस्थालाई चार्टर्ड एकाउन्टेन्ट अनिवार्य « Khabarhub

बैंक तथा वित्तिय संस्थालाई चार्टर्ड एकाउन्टेन्ट अनिवार्य


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमााडैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई अनिवार्य रुपमा चार्टर्ड एकाउन्टेन्ट राख्न सचेत गराएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सबै बैंक तथा वित्तिय संस्थाहरुलाई चार्टर्ड एकाउन्टेन्ट राख्न सचेत गराउनु भएको हो ।

काठमाडौंमा आयोजित चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा उहाँले बैंक तथा वित्तिय संस्थाहरुलाई पारदर्शी बनाउन पनि चार्टर्ड एकाउन्टेन्टहरुको नियुक्ती हुनैपर्ने पनि स्पष्ट पार्नु भयो । चार्टर्ड एकाउन्टेन्ट नराख्ने वित्तिय संघ, संस्थाहरु पारदर्शी नहुने उहाँको भनाई छ ।

गभर्नर नेपालले नेपाल राष्ट्र बैंकले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर थप एक दर्जन चार्टर्ड एकान्टेन्ट तत्काल नियुक्त गर्ने घोषणा पनि गर्नु भयो ।

गभर्नर नेपालले मुलुकमा चार्टर्ड एकाउन्टेन्टहरुको माग बढ्दै गएको दावी पनि गर्नु भयो । मुलुकमा आर्थिक क्रियाकलाप बढ्न थालेको र त्योसँगै चार्टर्ड एकाउन्टेन्टहरुको माग पनि बढ्दै जाने उहाँको भनाई थियो ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  १० : ०५ बजे

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार