फेरि हुन लागेको हो अनमोल र प्रदीपको भिडन्त ? « Khabarhub

फेरि हुन लागेको हो अनमोल र प्रदीपको भिडन्त ?


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला फिल्म वृत्तमा युवा स्टार अनमोल केसीको एक फिल्म बन्ने हल्लाले चर्चा पाइरहेको छ । अनमोल केसी र भुवन केसीलाई नायक र खलनायकका रुपमा प्रस्तुत गर्दै फिल्म निर्माण हुने चर्चा छ । भलै अहिलेका लागि यो हल्ला आधिकारिक नभएकाले हल्लामात्रै हो ।

अनमोललाई प्रस्तुत गरिने भनिएको उक्त फिल्म यसै वर्षको चैत्र २८ मा रिलिज हुने चर्चा छ । त्यसो त यो मितिमा प्रदीप खड्काको प्रतीक्षित फिल्म ‘प्रेम गीत ३’ रिलिज हुने पहिले नै घोषणा भइसकेको छ । फेरि सोही मितिमा अनमोलको फिल्म आउने भयो भने अनमोल र प्रदीपको भिडन्त हुने पक्का छ ।

तर, अनमोलको फिल्म चैत्र २८ मा रिलिज हुनेछ या छैन, त्यो भने अझै पक्का भइसकेको छैन । जबकि, फिल्मको त अझै कुनै काम पनि शुरु भइसकेको छैन ।

अहिले नेपाली फिल्म क्षेत्रमा सबैभन्दा प्रतिस्पर्धी दुई युवा स्टारका रुपमा अनमोल र प्रदीपलाई लिने गरिन्छ । गत वर्ष पनि अनमोल स्टारर ‘ए मेरो हजुर ३’ र प्रदीप स्टारर ‘लभ स्टेसन’ एउटै मितिमा आउने चर्चा थियो । पछि ‘लभ स्टेसन’ को रिलिज मितिमा हेरफेर गरिएको थियो ।

त्यतिबेला प्रदीप खड्काले सबै नेपाली फिल्म चल्नुपर्ने भन्दै रिलिज मितिमा हेरफेर गरिएको बताएका थिए । अहिले फेरि अनमोल र प्रदीपको फिल्म भिड्ने चर्चा चलिरहँदा के यी दुईका फिल्म एकैसाथ आउलान् त भन्ने धेरै फ्यानलाई लागेको छ ।

यद्यपि ‘प्रेम गीत ३’ ले पहिले नै तय गरेको मितिमा अनमोलको फिल्म पनि रिलिज हुने भयो भने दुवै फिल्मको भिडन्त हुने धेरैको अनुमान छ । किनकि, ‘लभ स्टेसन’ टिमले जस्तै ‘प्रेम गीत ३’ ले पनि बहाना बनाएर रिलिज मितिमा हेरफेर गर्ने सम्भावना न्यून छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ११ : १७ बजे

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर