फेरि हुन लागेको हो अनमोल र प्रदीपको भिडन्त ? | Khabarhub Khabarhub

फेरि हुन लागेको हो अनमोल र प्रदीपको भिडन्त ?


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला फिल्म वृत्तमा युवा स्टार अनमोल केसीको एक फिल्म बन्ने हल्लाले चर्चा पाइरहेको छ । अनमोल केसी र भुवन केसीलाई नायक र खलनायकका रुपमा प्रस्तुत गर्दै फिल्म निर्माण हुने चर्चा छ । भलै अहिलेका लागि यो हल्ला आधिकारिक नभएकाले हल्लामात्रै हो ।

अनमोललाई प्रस्तुत गरिने भनिएको उक्त फिल्म यसै वर्षको चैत्र २८ मा रिलिज हुने चर्चा छ । त्यसो त यो मितिमा प्रदीप खड्काको प्रतीक्षित फिल्म ‘प्रेम गीत ३’ रिलिज हुने पहिले नै घोषणा भइसकेको छ । फेरि सोही मितिमा अनमोलको फिल्म आउने भयो भने अनमोल र प्रदीपको भिडन्त हुने पक्का छ ।

तर, अनमोलको फिल्म चैत्र २८ मा रिलिज हुनेछ या छैन, त्यो भने अझै पक्का भइसकेको छैन । जबकि, फिल्मको त अझै कुनै काम पनि शुरु भइसकेको छैन ।

अहिले नेपाली फिल्म क्षेत्रमा सबैभन्दा प्रतिस्पर्धी दुई युवा स्टारका रुपमा अनमोल र प्रदीपलाई लिने गरिन्छ । गत वर्ष पनि अनमोल स्टारर ‘ए मेरो हजुर ३’ र प्रदीप स्टारर ‘लभ स्टेसन’ एउटै मितिमा आउने चर्चा थियो । पछि ‘लभ स्टेसन’ को रिलिज मितिमा हेरफेर गरिएको थियो ।

त्यतिबेला प्रदीप खड्काले सबै नेपाली फिल्म चल्नुपर्ने भन्दै रिलिज मितिमा हेरफेर गरिएको बताएका थिए । अहिले फेरि अनमोल र प्रदीपको फिल्म भिड्ने चर्चा चलिरहँदा के यी दुईका फिल्म एकैसाथ आउलान् त भन्ने धेरै फ्यानलाई लागेको छ ।

यद्यपि ‘प्रेम गीत ३’ ले पहिले नै तय गरेको मितिमा अनमोलको फिल्म पनि रिलिज हुने भयो भने दुवै फिल्मको भिडन्त हुने धेरैको अनुमान छ । किनकि, ‘लभ स्टेसन’ टिमले जस्तै ‘प्रेम गीत ३’ ले पनि बहाना बनाएर रिलिज मितिमा हेरफेर गर्ने सम्भावना न्यून छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ११ : १७ बजे

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन