मोबाइलबाटै शेयर बजारको सम्पूर्ण जानकारी लिन सकिने « Khabarhub

मोबाइलबाटै शेयर बजारको सम्पूर्ण जानकारी लिन सकिने


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब शेयर बजारमा हुने कारोबार र शेयर खरिदबिक्रीको जानकारी सजिलै प्राप्त  गर्न सकिने भएको छ ।

शेयर बजारप्रति रुची राख्ने हरेकले आफ्नो मोबाइलबाटै शेयर बजारमा हुने उतारचढावको जानकारी लिन सक्ने भएका छन् ।

शेयर बजारप्रति रुची राख्ने नेपालीलाई लक्षित गरी जिनियस सिस्टम्सले ‘नेपाल स्टक’ भन्ने मोबाइल एप ल्याएको छ ।

यो एपमा सित्तैमा पोर्टफोलियो बनाएर दैनिकरुपमा आफ्नो शेयरको जानकारी समेत लिन पाइने छ ।

यो एपमा पोर्टफोलियो ट्र्याकिङ, शेयर बजार समाचार, तथा वाचलिस्ट राख्न मिल्ने प्रविधि अपनाइएको छ । प्रयोकर्ताको मागलाई ध्यानमा राखी आगामी दिनमा एपलाई थप परिस्कृत र सुविधायुक्त बनाइने जिनियस सिस्टमले जनाएको छ ।

जिनियस सिस्टम्सले नेपाली पात्रो, टाइम्स अफ नेपाल, नेपाली किबोर्ड जस्ता अति उपयोगी एपहरुको सूचीमा आफ्नो नयाँ उत्पादन ‘नेपाल स्टक’ पनि थपेको छ । यो एप एन्ड्रोइड र आईओएस (एप्पल) दुवैमा उपलब्ध छ ।

यहाँ क्लिक गरेर यो एप डाउनलोड गर्न सकिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ११ : ४१ बजे

औषधि उद्योगमा सम्भावना ठूलो, नीतिगत चुनौती कायमै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा दशौँ ‘फर्मा एक्स्पो’ जारी छ । फागुन

झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ

झापा– पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय

इलामका बगानमा चिया टिप्ने चटारो

इलाम– इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएको

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते