मोबाइलबाटै शेयर बजारको सम्पूर्ण जानकारी लिन सकिने | Khabarhub Khabarhub

मोबाइलबाटै शेयर बजारको सम्पूर्ण जानकारी लिन सकिने


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब शेयर बजारमा हुने कारोबार र शेयर खरिदबिक्रीको जानकारी सजिलै प्राप्त  गर्न सकिने भएको छ ।

शेयर बजारप्रति रुची राख्ने हरेकले आफ्नो मोबाइलबाटै शेयर बजारमा हुने उतारचढावको जानकारी लिन सक्ने भएका छन् ।

शेयर बजारप्रति रुची राख्ने नेपालीलाई लक्षित गरी जिनियस सिस्टम्सले ‘नेपाल स्टक’ भन्ने मोबाइल एप ल्याएको छ ।

यो एपमा सित्तैमा पोर्टफोलियो बनाएर दैनिकरुपमा आफ्नो शेयरको जानकारी समेत लिन पाइने छ ।

यो एपमा पोर्टफोलियो ट्र्याकिङ, शेयर बजार समाचार, तथा वाचलिस्ट राख्न मिल्ने प्रविधि अपनाइएको छ । प्रयोकर्ताको मागलाई ध्यानमा राखी आगामी दिनमा एपलाई थप परिस्कृत र सुविधायुक्त बनाइने जिनियस सिस्टमले जनाएको छ ।

जिनियस सिस्टम्सले नेपाली पात्रो, टाइम्स अफ नेपाल, नेपाली किबोर्ड जस्ता अति उपयोगी एपहरुको सूचीमा आफ्नो नयाँ उत्पादन ‘नेपाल स्टक’ पनि थपेको छ । यो एप एन्ड्रोइड र आईओएस (एप्पल) दुवैमा उपलब्ध छ ।

यहाँ क्लिक गरेर यो एप डाउनलोड गर्न सकिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ११ : ४१ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १