नगरपालिकाको कार्यालयभित्र छुट्टै स्तनपान कक्ष ! « Khabarhub

नगरपालिकाको कार्यालयभित्र छुट्टै स्तनपान कक्ष !


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको वालिङ नगरपालिकाले  कार्याल हातामा स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । नगरपालिकामा काम गर्ने तथा विभिन्न प्रकारका सेवा लिन आउने महिलालाई लक्षित गरी नगरपालिकाले स्तनपान कक्ष सञ्चालनमा ल्याएको हो ।

कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीले सार्वजनिक स्थलमा शिशुलाई स्तनपान गराउन लाज मान्ने गरेकाले नगरपालिकाको कार्यालयभित्रै एक अलग्गै स्तनपान कक्ष निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताए ।

‘वालिङ नगरपालिका स्मार्ट सिटीको अवधारणामा अगाडि बढिरहेको छ,’ उनले भने, ‘स्तनपान कक्ष स्थापना गर्नेमा वालिङ सम्भवत् जिल्लाकै पहिलो कार्यालय पनि हो ।’ शिशुसहितका आमालाई कार्यालयमा आउँदा सार्वजनिकस्थलमा स्तनपान गराउन असहज हुने भएकाले तत्कालका लागि साधारण स्तनपान कक्ष स्थापना गरिएको र आगामी दिनमा यसलाई व्यवस्थित गर्दै लगिने जनाइएको छ ।

यो अभियानलाई आगामी दिनमा अन्य वडा कार्यालय परिसरमा पनि विस्तार गर्दै लगिने जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले यो कार्यको थालनीसँगै वालिङलाई महिलामैत्री, बालबालिकामैत्री र अपाङ्गतामैत्री नगरपालिकाको रुपमासमेत स्थापित गर्ने पहल भइरहेको बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १२ : ५० बजे

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको