नगरपालिकाको कार्यालयभित्र छुट्टै स्तनपान कक्ष ! « Khabarhub

नगरपालिकाको कार्यालयभित्र छुट्टै स्तनपान कक्ष !


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको वालिङ नगरपालिकाले  कार्याल हातामा स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । नगरपालिकामा काम गर्ने तथा विभिन्न प्रकारका सेवा लिन आउने महिलालाई लक्षित गरी नगरपालिकाले स्तनपान कक्ष सञ्चालनमा ल्याएको हो ।

कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीले सार्वजनिक स्थलमा शिशुलाई स्तनपान गराउन लाज मान्ने गरेकाले नगरपालिकाको कार्यालयभित्रै एक अलग्गै स्तनपान कक्ष निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताए ।

‘वालिङ नगरपालिका स्मार्ट सिटीको अवधारणामा अगाडि बढिरहेको छ,’ उनले भने, ‘स्तनपान कक्ष स्थापना गर्नेमा वालिङ सम्भवत् जिल्लाकै पहिलो कार्यालय पनि हो ।’ शिशुसहितका आमालाई कार्यालयमा आउँदा सार्वजनिकस्थलमा स्तनपान गराउन असहज हुने भएकाले तत्कालका लागि साधारण स्तनपान कक्ष स्थापना गरिएको र आगामी दिनमा यसलाई व्यवस्थित गर्दै लगिने जनाइएको छ ।

यो अभियानलाई आगामी दिनमा अन्य वडा कार्यालय परिसरमा पनि विस्तार गर्दै लगिने जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले यो कार्यको थालनीसँगै वालिङलाई महिलामैत्री, बालबालिकामैत्री र अपाङ्गतामैत्री नगरपालिकाको रुपमासमेत स्थापित गर्ने पहल भइरहेको बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १२ : ५० बजे

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार