तिलगंगा आँखा प्रतिष्ठान बन्यो विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्र | Khabarhub Khabarhub

तिलगंगा आँखा प्रतिष्ठान बन्यो विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्र


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठनलेआँखा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरेको भन्दै तिलगंगा आँखा प्रतिष्ठानलाई आफ्नो समन्वय केन्द्र घोषणा गरेको छ ।

सोमबार प्रतिष्ठानको २५ औं वार्षिकाेत्सवको अससरमा विश्व स्वास्थ्य संगठनका नेपालका प्रतिनिधि डाक्टर जोस भ्यान्डेलायरले प्रतिष्ठानलाई विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्रको घोषणा पत्र हस्तान्तरण गरेका थिए ।

आँखा स्वास्थ्य सेवा, आँखाको प्राविधिक जनशक्ति उत्पादन र अनुसन्धानमा प्रतिष्ठान उत्कृष्ट रहेको भन्दै विश्व स्वास्थ्य संगठनले आफ्नो समन्वय केन्द्रको मान्यता दिएको हो ।

२५ वर्षअघि गौशालामा स्थापना भएको प्रतिष्ठानले ६० लाख भन्दा बढी मानिसको आँखाको परिक्षण गरएको छ भने ४ लाख व्यक्तिको अत्याधुनिक प्रविधिबाट मोतिविन्दु तथा अन्य आँखाका रोगको शल्यक्रियाद्वारा ज्योति प्रदान गरेको छ ।

प्रतिष्ठानमा आँखाको नानी, आँखाको पर्दा, जलविन्दु, युभिआइटिस, आँखाको नशा, आँखाको प्लाष्टिक सर्जरी, बाल आँखा, रिफ्याक्टिभ लेजर सर्जरी, आँखाको क्यान्सर लगायतका आँखा सम्बिन्ध रोगको उपचार हुँदै आएको छ ।

प्रतिष्ठानले हालसम्म स्वदेश र विदेशका ६ सय ११ जना नेत्र रोग विशेषज्ञ, ७ सय ३२ जना आँखा स्वास्थ्यकर्मी, १ हजार ३ सय ५ जना सामुदायिक स्वास्थ्य कार्यकर्ता र ६ हजार ९ सय १६ जना मेडिकल विद्यार्थीलाई तालिम समेत दिएको जनाएको छ ।

प्रतिष्ठानले आँखा स्वास्थ्यको विषयमा २ सय १० वटा अनुसन्धान गरी १ सय ८३ वटा लेखहरु प्रकाशित समेत गरेको छ । यस्तै, प्रतिषठनले देशका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरी १ लाख ८० हजार मोतियाविन्दु प्रभावित बिरामीको आधुनिक चिकित्सा प्रविधिबाट उपचार गरी ज्योति प्रदान गरेको जनाएको छ ।

प्रतिष्ठानको वार्षिकोत्सव  कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानले गर्ने आँखाको उपचार र अनुसन्धानमा सरकारले सधैं साथ दिने बताए । उनले डाक्टर सन्दुक रुइत र प्रतिष्ठानले आँखाको गुणस्तरीय उपचार सेवा र लेन्स उत्पादनमार्फत नेपाललाई विश्वमा परिचित गराएको पनि बताए ।

प्रधानमन्त्री ओलीले लाखौं बिरामीको आँखाको ज्योति फर्काउनु प्रशंसनीय कार्य भएको भन्दै विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्र भएकोमा प्रतिष्ठानलाई बधाई समेत दिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आँखा स्वास्थ्यलाई नागरिकको स्वास्थ्य अधिकारको रुपमा राखिएको बताए । स्वास्थ्य मन्त्री यादवले आँखा स्वास्थ्यका लागि प्रत्येक प्रदेशले योजना बनाइ काम गर्नुपर्ने बताए । मन्त्री यादवले अन्धोपन नियन्त्रणका लागि सरकार सक्रिय भएर गैरसरकारी संस्थासँग समन्वय गर्दै अघि बढेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका प्राध्यपक डाक्टर सन्दुक रुइतलाई पनि सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  २ : ५४ बजे

तीज गीतको ओइरो : नेतादेखि सञ्चारकर्मीसम्म छमछमी !

तीज महिलाको विशेष पर्व हो। व्रत बस्ने, मिठो खाने र

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत

प्रतिवादमा उत्रिँदै भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’ 

काठमाडौं– भारत सरकारले रूसबाट तेल आयातको विषयमा अमेरिकासहित पश्चिमी राष्ट्रहरूको

बालविवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौती

म्याग्दी– म्याग्दीमा २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–६ ताराखसेमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको