प्रितम र आयुषले प्रधानमन्त्रीलाई भेटे, गीत सुनाए « Khabarhub

प्रितम र आयुषले प्रधानमन्त्रीलाई भेटे, गीत सुनाए


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय टेलिभिजन जी टिभीको रियालिटी शो ‘सारेगमा लिल च्याम्स २०१९’ को ग्राण्ड फिनालेमा पुग्न सफल नेपाली बालगायक प्रितम आचार्य र आयुष केसीले प्रधानमन्त्रीसँग भेट गरेका छन् ।

रियालिटी शो मा तेस्रो भएका प्रितम आचार्य र चौथो बनेका सिन्धुपाल्चोकका आयुष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर भेटेका हुन् । उनीहरुले प्रधानमन्त्रीलाई गीत सुनाएका थिए भने आफ्नो सफलताको कथा पनि सुनाउन भ्याए ।

प्रितम र आयुषले भक्तराज आचार्यको गीत ‘जहाँ छन् बुद्धका आँखा’ लगायत केही गीत सुनाएका थिए । आयुष र प्रितमलाई प्रधानमन्त्री पत्नी राधिका शाक्य आफैले खाजा बनाएर खुवाएकी थिइन् ।

आइतबार सुरशाला म्युजिक एकेडेमीले यी दुईलाई सम्मान समेत गरेको थियो । उनीहरुलाई गायक रामकृष्ण ढकाल, उद्यमी उपेन्द्र महतो, सुरशाला संस्थापक अमृत क्षेत्री लगायतले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा पनि आयुष र प्रितमले गीत सुनाएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ३ : ५३ बजे

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल

स्याफ्रुबेँसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु, रसुवागढी सडक सञ्जाल जोडिने

रसुवा– चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन