यस्तो देखियो साउन महिनाको पहिलो सोमबार पशुपतिमा (फोटो फिचर) « Khabarhub

यस्तो देखियो साउन महिनाको पहिलो सोमबार पशुपतिमा (फोटो फिचर)


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजबाट साउन महिनाको सोमबारे व्रत शुरु भएको छ । आज पहिलो सोमबारको व्रत देशभरका शिवालयमा जल चढाउने र पूजा गर्नेहरुको बिहानैदेखि घुइँचो छ ।

कल्याणकारी देवता मानिने शिवलाई दूध र जल अभिषेक गरेर भक्तिपूर्वक पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

साउनको सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबार व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर र चितवनको देवघाट, खोटाङको हलेसीलगायतका शिव मन्दिरमा देख्न सकिन्छ ।

गेरु वस्त्रधारी बोलबम यात्रीहरुको पनि शिवालयहरुमा उल्लेख्य संख्या हुन्छ । बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिँडेर ल्याई पशुपतिमा चढाउने गर्दछन् ।

पशुतिनाथमा व्रतालुहरुको बिहानैदेखि भिड रह्यो । पशुपतिनाथमा पूजाका लागि पुगेका व्रतालुहरुका केही तस्बिर हेरौँ ।

तस्वीर- अदीप श्रेष्ठ

 

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ३ : ५६ बजे

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको