संसदीय सुशासन समितिले वार्षिक कार्ययोजना बनाउन उपसमिति गठन गर्ने | Khabarhub Khabarhub

संसदीय सुशासन समितिले वार्षिक कार्ययोजना बनाउन उपसमिति गठन गर्ने


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले बार्षिक कार्ययोजना बनाउन पनि उपसमिति गठन गर्ने भएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा बार्षिक कार्ययोजना बनाउनका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो । बार्षिक कार्ययोजनाका बारेमा सदस्यहरुबाट आएको सुझावका आधारमा समितिको अर्को बैठकमा उपसमिति गठन गरिने जानकारी सभापति तारादेवी भट्टले जानकारी दिइन् । उनले गत बर्षका कार्ययोजनाहरुलाई प्राथमिकताका आधारमा समावेश गरिने बताइन् ।

समितिले दिगो विकास लक्ष र प्राप्त उपलब्धिको अध्ययन, तुलना तथा अन्तराष्ट्रिय स्तरमा भएका प्रयास लगायत विषय समावेश हुने गरी एसडिजी सफ्टवेयर कर्नर सेन्टर निर्माण गर्ने विषयमा पनि छलफल गरेको छ । यस समितिले दिगो एवं सन्तुलित विकास र सुशासन प्रवर्द्धन सम्बन्धमा सरकारबाट भएका काम कारवाहीको अध्ययन गर्ने गर्दछ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ५ : ०७ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास