प्रहरीका असई ३५०० घुससहित पक्राउ « Khabarhub

प्रहरीका असई ३५०० घुससहित पक्राउ


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको बगाहस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) घुस रकमसहित पक्राउ परेका छन् ।

हार्डवेयरका सामानको बिक्री गर्ने व्यवसायीबाट लिएको ३ हजार ५ सय रुपैयाँ घुससहित असई प्रेमबहादुर थापा पक्राउ परेका हुन् ।

असई थापाले घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

थापालाई घुस रकम लिइसकेको अवस्थामा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ मा रहेको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

घुससहित पक्राउ परेका असई थापामाथि थप अनुसन्धन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ६ : ०२ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति