नेपाल–जर्जिया चेम्बरबीच लगानी प्रवर्द्धनमा समझदारी « Khabarhub

नेपाल–जर्जिया चेम्बरबीच लगानी प्रवर्द्धनमा समझदारी


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्शबीच व्यापार विस्तार तथा लगानी प्रवर्द्धनका विषयमा द्विपक्षीय समझदारी भएको छ ।

जर्जियाका उप विदेशमन्त्री एलेक्जेन्डर ख्भटीसियस्भिलीको उपस्थितिमा सोमबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गियोर्गी पेरटियाबीच द्विपक्षीय व्यापार विस्तार र लगानी प्रवर्द्धनका विषयमा समझदारी गरिएको हो ।

दुई देशका उद्यमी व्यवशायी बिचमा प्रचलित कानुन र नियमको ढाँचाभित्र रही द्विपक्षीय व्यापार सम्बन्धको विस्तार गरि नयाँ व्यवसायिक अवसरहरुले सम्भावना पहिचान गर्ने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी दुई चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरि व्यापारिकसम्बन्ध सुमधुर, व्यापारिक औद्योगिक विकास, बैदेशिक लगानी र व्यापार मेला तथा प्रर्दशनीमा सहभागि हुने पनि सो समझदारी पत्रमा समावेश गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले व्यापार र पर्यटन विकासका लागि जलविद्युत, सूचना प्रविधी, कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रमा लाग्नुपर्ने बताए । उनले आवश्यक ऐन, कानुनको व्यवस्था भएको उल्लेख गर्दै नेपालमा लगानी गर्न पनि जर्जियाका उद्योगीहरुलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ७ : १५ बजे

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई