भ्रष्टाचार अभियोगमा केन्याका अर्थमन्त्री पक्राउ « Khabarhub

भ्रष्टाचार अभियोगमा केन्याका अर्थमन्त्री पक्राउ


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नैरोबी– अफ्रिकी मुलुक केन्यामा भ्रष्टाचारको आरोपमा अर्थमन्त्री हेनरी रोटिचलाई पक्राउ गरिएको छ । दुई बाँध निर्माणका क्रममा ठूलो अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा उनलाई सोमबार पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीविरुद्ध इटालियन कम्पनी सीएमसी डि राभेनाले निर्माण गर्न लागेका दुई बाँध निर्माणका क्रममा रोटिच र उक्त कम्पनीले ठूलो अनियमितता गरेको अभियोग लागेको छ । उनी तथा उक्त कम्पनीका निर्देशक इटालियन नागरिक पाओलो पोर्सेलीसहित सहित २७ जनाविरुद्ध सोमबार नै विभिन्न ८ अभियोग दर्ता गरिएको छ ।

उनीहरुविरुद्ध अभियोग दर्ता गरेलगत्तै उनलाई पक्राउ गरिएको हो । उनले भने आफूले कुनै गलत काम नगरेको बताउँदै आएका छन् ।
पश्चिम केन्यामा निर्माण गरिएको बाँधका लागि ४४ करोड ६० लाख अमेरिकी डलर खर्च भएपनि सरकारी कोषबाट भने ६० करोड डलर निकासा भएको थियो ।

पक्राउ गरिएका मन्त्रीको स्थानमा अब को अर्थमन्त्री बन्छ भन्ने अझ स्पष्ट नभइसकेको बताइएको छ । केन्यामा चरम भ्रष्टाचार हुने गरेको बताइन्छ । भ्रष्टाचारमा संलग्न अधिकांशमाथि अभियोग लागेपनि थोरैमात्र दोषी प्रमाणित भई कारवाही हुने गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : ५७ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब