भ्रष्टाचार अभियोगमा केन्याका अर्थमन्त्री पक्राउ « Khabarhub

भ्रष्टाचार अभियोगमा केन्याका अर्थमन्त्री पक्राउ


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नैरोबी– अफ्रिकी मुलुक केन्यामा भ्रष्टाचारको आरोपमा अर्थमन्त्री हेनरी रोटिचलाई पक्राउ गरिएको छ । दुई बाँध निर्माणका क्रममा ठूलो अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा उनलाई सोमबार पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीविरुद्ध इटालियन कम्पनी सीएमसी डि राभेनाले निर्माण गर्न लागेका दुई बाँध निर्माणका क्रममा रोटिच र उक्त कम्पनीले ठूलो अनियमितता गरेको अभियोग लागेको छ । उनी तथा उक्त कम्पनीका निर्देशक इटालियन नागरिक पाओलो पोर्सेलीसहित सहित २७ जनाविरुद्ध सोमबार नै विभिन्न ८ अभियोग दर्ता गरिएको छ ।

उनीहरुविरुद्ध अभियोग दर्ता गरेलगत्तै उनलाई पक्राउ गरिएको हो । उनले भने आफूले कुनै गलत काम नगरेको बताउँदै आएका छन् ।
पश्चिम केन्यामा निर्माण गरिएको बाँधका लागि ४४ करोड ६० लाख अमेरिकी डलर खर्च भएपनि सरकारी कोषबाट भने ६० करोड डलर निकासा भएको थियो ।

पक्राउ गरिएका मन्त्रीको स्थानमा अब को अर्थमन्त्री बन्छ भन्ने अझ स्पष्ट नभइसकेको बताइएको छ । केन्यामा चरम भ्रष्टाचार हुने गरेको बताइन्छ । भ्रष्टाचारमा संलग्न अधिकांशमाथि अभियोग लागेपनि थोरैमात्र दोषी प्रमाणित भई कारवाही हुने गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ८ : ५७ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर