स्वतन्त्रता खोस्ने विधेयक नसुधारे आन्दोलनः सभापति देउवा « Khabarhub

स्वतन्त्रता खोस्ने विधेयक नसुधारे आन्दोलनः सभापति देउवा


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल, मानवअधिकारलगायत प्रेस स्वतन्त्रता मानव अधिकार र लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउने विधेयक सुधार नगरे आन्दोलनमा उत्रन बाध्य हुने बताएका छन् ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा बिपी सङ्ग्रहालय समिति सुन्दरीजलले सोमबार जोरपाटीमा आयोजना गरेको बिपी कोइराला प्रजातन्त्र सेनानी पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उनले संविधानको भावना विपरीत स्वतन्त्रता कमजोर हुने गरी बनाइने कुनै पनि कानूनका विरुद्ध सदन र सडकमा आन्दोलनमा उत्रन तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

बिपी राजनीति, दर्शन र साहित्यको त्रिवेणीका रुपमा नेपाली समाजमा स्थापित हुनुभएको पूर्वप्रधानमन्त्री देउवाको भनाइ थियो । कार्यक्रममा काङ्ग्रेस सह–महामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यताका जगमा मात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल हुनसक्ने बताए ।

दुई तिहाई बहुमतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारका बेला स्थानीय तहदेखि केन्द्रसम्म संस्थागत भ्रष्टाचारका घटना बढेको उहाँको आरोप थियो ।

सो अवसरमा २०१५ सालको संसदीय निर्वाचनमा क्षेत्र नं २६ बाट निर्वाचित सांसद ९४ वर्षीय तेजमान तुम्बाहाम्फे, बराह नगरपालिका सुनसरीका रवीन्द्र राई र सुनसरीकै मिसरु मियाँलाई नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको कदर गर्दै रु एक÷एक लाख राशिको पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : ३० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन