एभिसी सेन्ट्रल जोनमा आज सेमिफाइनलका खेल | Khabarhub Khabarhub

एभिसी सेन्ट्रल जोनमा आज सेमिफाइनलका खेल


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज (बिहिबार) सेमिफाईनलका खेल हुदैछ ।

ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने आजको पहिलो खेलमा किर्गिस्तानले तुर्कमेनिस्तान तथा दोस्रो खेलमा उज्वेकिस्तानले माल्दिभ्स भिड्नेछन् । खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ ।

समूह ‘ए’को विजेताको किर्गिस्तान सेमिफाईनल प्रवेश गरेको हो भने तुर्कमेनिस्तानले उपविजेताको रुपमा अन्तिम ४ मा स्थान पक्का गरेको हो । किर्गिस्तानले समूह चरणमा सतप्रतिशत जित निकाल्दै नेपाल र माल्दिभ्सलाई हराएको थियो । समूह ‘बी’ को उपविजेता तुर्कमेनिस्तानले अफगानिस्तान र बंगलादेशलाई हराएको थियो ।

समूह चरणको अन्तिम खेलमा तुर्कमेनिस्तान उज्वेकिस्तानसंग हारेको थियो । दोस्रो सेमिफाईनलमा उज्वेकिस्तानले माल्दिभ्ससंग खेल्नेछ । उज्वेकिस्तान समूह ‘बी’ को विजेता हो भने माल्दिभ्स समूह ‘ए’ को उपविजेता हो । खेल अपरान्ह साढे ५ बजे शुरु हुनेछ ।

उज्वेकिस्तानले समूह चरणमा शतप्रतिशत जित निकाल्ने क्रममा बंगलादेश, तुर्कमेनिस्तान र अफगानिस्तानलाई हराएको थियो । माल्दिभ्सले भने समूह चरणको खेलमा नेपाललाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो खेलमा माल्दिभ्स किर्गिस्तानसंग हारेको थियो ।

नेपाल समूह चरणको दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ७ : ५१ बजे

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।