एभिसी सेन्ट्रल जोनमा आज सेमिफाइनलका खेल « Khabarhub

एभिसी सेन्ट्रल जोनमा आज सेमिफाइनलका खेल


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज (बिहिबार) सेमिफाईनलका खेल हुदैछ ।

ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने आजको पहिलो खेलमा किर्गिस्तानले तुर्कमेनिस्तान तथा दोस्रो खेलमा उज्वेकिस्तानले माल्दिभ्स भिड्नेछन् । खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ ।

समूह ‘ए’को विजेताको किर्गिस्तान सेमिफाईनल प्रवेश गरेको हो भने तुर्कमेनिस्तानले उपविजेताको रुपमा अन्तिम ४ मा स्थान पक्का गरेको हो । किर्गिस्तानले समूह चरणमा सतप्रतिशत जित निकाल्दै नेपाल र माल्दिभ्सलाई हराएको थियो । समूह ‘बी’ को उपविजेता तुर्कमेनिस्तानले अफगानिस्तान र बंगलादेशलाई हराएको थियो ।

समूह चरणको अन्तिम खेलमा तुर्कमेनिस्तान उज्वेकिस्तानसंग हारेको थियो । दोस्रो सेमिफाईनलमा उज्वेकिस्तानले माल्दिभ्ससंग खेल्नेछ । उज्वेकिस्तान समूह ‘बी’ को विजेता हो भने माल्दिभ्स समूह ‘ए’ को उपविजेता हो । खेल अपरान्ह साढे ५ बजे शुरु हुनेछ ।

उज्वेकिस्तानले समूह चरणमा शतप्रतिशत जित निकाल्ने क्रममा बंगलादेश, तुर्कमेनिस्तान र अफगानिस्तानलाई हराएको थियो । माल्दिभ्सले भने समूह चरणको खेलमा नेपाललाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो खेलमा माल्दिभ्स किर्गिस्तानसंग हारेको थियो ।

नेपाल समूह चरणको दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ७ : ५१ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील