भारतीय विदेशमन्त्री जयशंकर पशुपतिनाथको दर्शनमा | Khabarhub Khabarhub

भारतीय विदेशमन्त्री जयशंकर पशुपतिनाथको दर्शनमा


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले आज (बिहीबार) बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

जयशंकरसहितको टोली बिहान पशुपतिनाथ मन्दिर पुगेको भारतीय दूतावाकासका कार्यक्रम अधिकृत गोविन्द शाहले जानकारी दिए ।

बिहानै पशुपतिनाथ पुगेका उनले पशुपतिनाथको दर्शन गरेका थिए । विदेशमन्त्री जयशंकरसँगै नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी पनि पशुपतिनाथ गएका थिए । जयशंकरसहितको टोलीलाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले पशुपति मन्दिर परिसरमा घुमाएका थिए ।

पशुपतिनाथको दर्शनपछि जयशंकर राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीलत निवास जानेछन् ।

शीतल निवासमा राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच बिहान साढे १० बजे भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ९ : ५८ बजे

चाडपर्व लक्षित सुरक्षा योजना : कर्णालीमा ड्रोनसहित तीन हजार ९०८ प्रहरी परिचालन

सुर्खेत– दशैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै

महेन्द्रनगरमा वातानुकूलित महसुल काउन्टर सञ्चालन

कञ्चनपुर– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरले सेवाग्राही तथा कर्मचारीलाई

माटो बेचेर दशैँ खर्चको जोहो

महोत्तरी– दशैँ नजिकिँदै गर्दा यहाँका आर्थिक अवस्था कमजोर भएका परिवारले

बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – बिहीबार दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री सुशीला

बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन

बागलुङ– पहिरोले अवरुद्ध बनेको बागलुङ–बलेवा–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको