प्रचण्डले पाए नेकपाको बैठक बोलाउने अधिकार « Khabarhub

प्रचण्डले पाए नेकपाको बैठक बोलाउने अधिकार


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सचिवालय बैठक संचालन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार विहान बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री ओली सिंगापुर रहेका बेला सचिवालय बैठक संचालन गरी आवश्यक निर्णय गर्न सक्ने अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिएको हो ।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका आज सिंगापुर जाँदै छैनन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले उपचारको क्रममा प्रधानमन्त्री ८/१० दिन सिंगापुरमा नै रहने र सो अवधिमा सांगठनिक एकिकरण लगायत अरु आवश्यक विषयमा अर्का अध्यक्ष प्रचण्डको नेतृत्वमा सचिवालय बैठक बस्ने र आवश्यक निर्णय लिने सहमति सचिवालय बैठकमा भएको जानकारी दिए ।

प्रधानमन्त्री ओली र प्रचण्ड दुवै पार्टी अध्यक्ष भए पनि बैठकको अध्यक्षता र बैठक आव्हानको अधिकार ओलीमा थियो । सचिवालयको निर्णयपछि अब भने ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक आव्हानको साथै बैठकको अध्यक्षता गर्ने भएका छन् ।

बैठकले प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १२ : ३८ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित