फोर्स कम्पनीको वर्कशपमा आगलागी, ५ वटा गाडी जलेर नष्ट « Khabarhub

फोर्स कम्पनीको वर्कशपमा आगलागी, ५ वटा गाडी जलेर नष्ट


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बालाजु औद्योगिक क्षेत्र भित्र रहेको मोटर उत्पादक कम्पनी फोर्सको वर्कशपभित्र आगलागी भएको छ ।

औद्योगिक क्षेत्रभित्र भएको आगलागीका कारण वर्कशपमा रहेका ५ वटा गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीले सेना, प्रहरी तथा सशस्त्र प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जानकारी दिए ।

‘आगो अहिले नियन्त्रणमा आइसकेको छ,’ एसएसपी सुवेदीले खबरहबसँग भने, ‘अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।’


*यसअघि मोटर उत्पादक कम्पनीको नाम अन्यथा उल्लेख भएकोमा सच्याइएको छ– सम्पादक

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १२ : ५८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना