राष्ट्रियसभामा सांसदको आरोप– सचिवहरुको सरुवाले कर्मचारी प्रशासन कमजोर भयो | Khabarhub Khabarhub

राष्ट्रियसभामा सांसदको आरोप– सचिवहरुको सरुवाले कर्मचारी प्रशासन कमजोर भयो


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले स्थायी सरकारको रुपमा रहेका कर्मचारी प्रशासनलाई अस्थीर र कमजोर बनाएको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै उनले केही समयअघि मात्रै प्रधानमन्त्रीले मन्त्रीहरुसंग, मन्त्रीहरुले सचिवहरुसंग कार्यसम्पादन सम्झौता भएको स्मरण गराउँदै सम्झौताको एक महिना नपुग्दै १६ जना सचिवहरुको सरुवा गरिएको भन्दै सो को कारणबारे सरकारसँग प्रश्न गरे ।

उनले भने, ‘एक बर्षमा गर्नुपर्ने काम ती सचिवले एक महिनामा नै सम्पन्न गरेका हुन् कि ? वा तीनले एक महिना भित्रै आफु असक्षम भएको प्रमाणित गरे । वा सम्बन्धीत मन्त्रीको रोजाईमा ती परेनन् वा कार्यसम्पादन सम्झौता आफैमा एउटा मजाक थियो ?’

राष्ट्रियसभा सदस्य विन्दा देवी आले रानाले राजनीतिक आस्था र पहुँचको आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १ : ४८ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव