चित्लाङमा शुरु भयो पटकथा लेखन कार्यशाला « Khabarhub

चित्लाङमा शुरु भयो पटकथा लेखन कार्यशाला


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चित्लाङ – मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा पटकथा लेखन कार्यशाला शुरु गरिएको छ । बलिउडका चर्चित फिल्म लेखक रोबिन भट्ट र हलिउडका स्क्रिप्ट राइटर जेफ मोनाहानले प्रशिक्षण दिने कार्यशाला बुधबारबाट शुरु भएको हो ।

नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले आयोजना गरेको कार्यशालाको उद्घाटन प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले गरेका थिए । चलचित्र विकास बोर्डको सहयोगमा कार्यशाला हुँदैछ ।

‘फिल्म समाजको प्रतिबिम्ब हो, यसले सांस्कृतिक संरक्षणमा मद्दत पुु¥याउँछ,’ मन्त्री जमकट्टेलले भने, ‘तर, यसका लागि राज्यले जति ध्यान दिनुपर्ने हो त्यति नदिएको गुनासो सुन्ने गरिन्छ । हामी यो गुनासो सम्बोधन गर्न सकरात्मक छौँ ।’

उनले दोलखामा फिल्म सिटी बनाउने कार्यलाई पनि तीव्रता दिने समेत दाबी गरे ।

त्यसैगरी वरिष्ठ अभिनेता नीर शाहले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन यस्ता वर्कशपले सहयोग पु¥याउने बताए । उनले नेपालबाट विदेशी फिल्म लगभग विस्थापित गरिसकेको धारणा राख्दै अगाडि थपे, ‘अहिले सिनेमा हलमा ६५ प्रतिशत दर्शक नेपाली फिल्मका छन् तैपनि हामीले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन सकेको छैनौं । यस्ता कार्यशालाले नै त्यो पहिचान दिलाउन सहयोग पु¥याउने हो ।’

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली फिल्मको पटकथा सुधारका लागि यो वकर्शपले भूमिका खेल्नेमा विश्वास प्रकट गरे ।

साथै उनले पटकथा फिल्मको मेरुदन्ड भएको र यो बलियो भएन फिल्म बलियो हुन नसक्ने तर्क गरे । उनले भने, ‘म बोर्ड बाहिर रहँदा पनि पटकथा लेखन एकदमै महत्त्वपूर्ण महसुस गर्थें । यस्ता कार्यक्रम बोर्डले आयोजना गरे हुन्थ्यो भन्ने लाग्थ्यो त्यसैले अहिले प्रस्ताव आउनासाथ सहकार्य गरियो ।’

कार्यशालामा प्रशिक्षण दिन आएका रोबिन भट्टले ७० बढी बलिउड फिल्म लेखेका छन् । उनले हिट हिन्दी फिल्महरु ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ आदि लेखेका हुन् । अर्का प्रशिक्षक जेफले अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीमा पढाउँछन् ।

जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका शैली, अभ्यास र व्याकरण सिकाउने जनाइएको छ ।

आयोजक एकेडेमीका अध्यक्ष केपी पाठकले नेपालमा फिल्म लेखकको कमीलाई महसुस गरी लेखन कार्यशाला आयोजना गरेको बताए । ‘राम्रो पटकथा कुनै पनि राम्रो फिल्मको आधार हो । वर्कशपले यो क्षेत्रमा काम गरिरहेका लेखकलाई थप क्षमता विकासका लागि प्रेरित गर्ने अपेक्षा गरेका छौं,’ उनले भने ।

कार्यशालापछि सहभागी हरेकले एउटा पटकथा लेख्न पर्ने र त्यसबाट एक जना विजेता छान्ने बताइएको छ । उत्कृष्ट हुने पटकथालाई छोटो फिल्म बनाउनका लागि १ लाख नगद उपलब्ध गराउने अध्यक्ष पाठकले बताए । कार्यशाला चित्लाङको चित्लाङ रिसोर्टमा ७ दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १ : ५२ बजे

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ