सत्तारुढ दलको सिटमा बस्न थाले पूर्व प्रधानमन्त्री डा. भट्टराई « Khabarhub

सत्तारुढ दलको सिटमा बस्न थाले पूर्व प्रधानमन्त्री डा. भट्टराई


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराई प्रतिनिधिसभामा सत्तारुढ दलको सिटमा बस्न थालेका छन् ।

विहीवारको संसद बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारीसहितको पत्र प्राप्त भएको जानकारी गराएका थिए ।

संसदमा राष्ट्रिय दलको मान्यता पाउन नसकेको तत्कालिन नयाँ शक्ति पार्टीका तर्फबाट निर्वाचित भएका डाक्टर भट्टराई प्रतिनिधिसभामा स्वतन्त्र सांसद बस्ने सिटमा बस्दै आएका थिए । तर पार्टी एकतापछि उनी सत्तारुढ दलको सांसदका रुपमा रहेका छन् ।

निर्वाचन आयोगले पार्टी एकताबारे संसदलाई जानकारी नगराएका कारण उनी स्वतन्त्र सांसदका रुपमा संसदमा बस्दै आएका थिए ।

सामान्यत संसदीय व्यवस्थामा सरकारका मन्त्रीहरुको दायाँतिर प्रमुख प्रतिपक्ष दल र बायाँतिर सत्तारुढ दलका सांसदहरु बस्ने परम्परा छ । त्यही परम्पराअनुसार नेता भट्टराई बिहिबारदेखि सत्तारुढ दलका सांसदहरु रहने स्थानमा सरेका हुन् ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ३ : ११ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले