संसदीय समितिमा मन्त्री र समिति सभापतिबीच विवाद | Khabarhub Khabarhub

संसदीय समितिमा मन्त्री र समिति सभापतिबीच विवाद


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समिति र सम्बन्धित मन्त्रालयबीचको सामान्य बुझाइमा अन्तर हुँदा सरकारले ल्याएका विधेयक प्रभावित हुने गरेका छन् ।

सरकारले मुलुकको औद्योगिक वातावणलाई लगानीमैत्री तथा प्रतिस्पर्धी बनाउने उद्देश्यले ल्याएको औद्योगिक व्यवसायसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा आज प्रतिनिधिसभाको उद्योग तथा वणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समिति सभापति र उद्योगमन्त्रीको बुझाइमा अन्तर हुँदा छलफल नै प्रारम्भ हुन सकेन् ।

बैठकको शुरुआतमा नै उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले आफू अनुपस्थित भएको बेला विधेयकका केही दफा पारित गरिएको भन्दै गुनासो गरेका थिए । लगत्तै समिति सभापति बिमल श्रीवास्तवले त्यसदिनको बैठकमा मन्त्री अनुपस्थित भए पनि मन्त्रालयका सचिवलगायत कर्मचारीलाई बोलाएर छलफल गरिएको बताए ।

झण्डै डेढ घन्टा चलेको बैठकमा एक अर्काबीच गुनासोको दोहोरी चलेपछि कार्यसूचीमाथि छलफल नै हुन सकेन । आजको बैठकमा औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने कार्यसूची राखिएको थियो ।

मन्त्री र सभापतिको गुनासो सुनेका समितिका सदस्य पनि मन्त्री र सभापतिलाई सम्झाउन नै व्यस्त देखिन्थे । बैठकमा समितिका सदस्य देवेन्द्र पौडेलले कुनै पनि विवाद नगरी आसपसी विश्वासका आधारमा अगाडि बढ्नुपर्ने बताए ।
समिति सदस्य बिन्दा पाण्डेले समितिबाट विधेयकले अन्तिम रुप नपाएसम्म जुनसुकै दफामाथि पुनः छलफल गर्न सकिने बाटो खुला रहेको बताइन् ।

विधेयकलाई अन्तिम रुप दिन भन्दै यही भदौ २ गते पनि बैठक राखिएको थियो । उद्योगमन्त्री यादव उपत्यका बाहिर रहेकाले सो दिन बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ४ : ११ बजे

चाडपर्व लक्षित सुरक्षा योजना : कर्णालीमा ड्रोनसहित तीन हजार ९०८ प्रहरी परिचालन

सुर्खेत– दशैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै

महेन्द्रनगरमा वातानुकूलित महसुल काउन्टर सञ्चालन

कञ्चनपुर– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरले सेवाग्राही तथा कर्मचारीलाई

माटो बेचेर दशैँ खर्चको जोहो

महोत्तरी– दशैँ नजिकिँदै गर्दा यहाँका आर्थिक अवस्था कमजोर भएका परिवारले

बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – बिहीबार दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री सुशीला

बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन

बागलुङ– पहिरोले अवरुद्ध बनेको बागलुङ–बलेवा–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको