अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए « Khabarhub

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिएका छन् । अमेरिका नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनका सेनामा आबद्ध दुई अमेरिकी सैनिक भीडन्तमा मारिएको पेन्टागनले जनाएको छ ।

मारिनेहरुको विवरण तथा कुन अवस्थामा उनीहरु मारिएका हुन् भन्ने खुलाइएको छैन । उनीहरु गोली लागेर मारिएको बताइएपनि कहाँ र कहिले उनीहरुको ज्यान गएको भन्नेबारे स्पष्ट पारिएको छैन ।

यद्यपि अमेरिकी सञ्चारमाध्यमले उनीहरु अफगानिस्तानको उत्तरी फर्यब प्रान्तमा तालिबानसँगको भीडन्तमा मारिएको हुनसक्ने बताएका छन् । तालिबान तथा सुरक्षा फौजबीच भएको भीडन्तमा अरु तीन अफगान सुरक्षाकर्मी घाइते भएको बताइएको छ ।

अमेरिका र तालिबानबीचको शान्ति वार्ता अघि बढ्न सक्ने सम्भावना कायमै रहेको अमेरिकी भनाइ सार्वजनिक भएको भोलिपल्ट अफगानिस्तानमा अमेरिकी सैनिक मारिएका हुन् ।

यसअघि अफगानिस्तानका लागि अमेरिकी शान्ति प्रतिनिधि जल्मेय खालिदजादले तालिबानसँग वार्ता गर्नका लागि आफू कतारको राजधानी दोहा जान लागेको बताएका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ४ : १४ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा