अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए « Khabarhub

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए


५ भदौ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिएका छन् । अमेरिका नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनका सेनामा आबद्ध दुई अमेरिकी सैनिक भीडन्तमा मारिएको पेन्टागनले जनाएको छ ।

मारिनेहरुको विवरण तथा कुन अवस्थामा उनीहरु मारिएका हुन् भन्ने खुलाइएको छैन । उनीहरु गोली लागेर मारिएको बताइएपनि कहाँ र कहिले उनीहरुको ज्यान गएको भन्नेबारे स्पष्ट पारिएको छैन ।

यद्यपि अमेरिकी सञ्चारमाध्यमले उनीहरु अफगानिस्तानको उत्तरी फर्यब प्रान्तमा तालिबानसँगको भीडन्तमा मारिएको हुनसक्ने बताएका छन् । तालिबान तथा सुरक्षा फौजबीच भएको भीडन्तमा अरु तीन अफगान सुरक्षाकर्मी घाइते भएको बताइएको छ ।

अमेरिका र तालिबानबीचको शान्ति वार्ता अघि बढ्न सक्ने सम्भावना कायमै रहेको अमेरिकी भनाइ सार्वजनिक भएको भोलिपल्ट अफगानिस्तानमा अमेरिकी सैनिक मारिएका हुन् ।

यसअघि अफगानिस्तानका लागि अमेरिकी शान्ति प्रतिनिधि जल्मेय खालिदजादले तालिबानसँग वार्ता गर्नका लागि आफू कतारको राजधानी दोहा जान लागेको बताएका थिए ।

प्रकाशित मिति : ५ भदौ २०७६, बिहिबार  ४ : १४ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको