विप्लवका छोरा प्रकाशले गरे काठमाडौंमा पत्रकार सम्मेलन, आन्दोलन गर्ने चेतावनी « Khabarhub

विप्लवका छोरा प्रकाशले गरे काठमाडौंमा पत्रकार सम्मेलन, आन्दोलन गर्ने चेतावनी


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले काठमाडौंमा पत्रकार सम्मेलन गरेर मेडिकल माफिया विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

चिकित्सा शिक्षा संघर्ष समिति बनाएर चन्दले आन्दोलन गर्ने बताए । पछिल्लो समय मेडिकल क्षेत्रमा देखिएका तमाम समस्याका बारेमा आफुहरुले आन्दोलन गर्ने चन्दले पत्रकार सम्मेलनमा बताए ।

विप्लव पुत्रले पत्रकार सम्मेलन गर्ने जानकारी पाएपछि रिपोर्टर्स क्लबमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो भने प्रहरीले पत्रकार सम्मेलन हुनुपुर्व कार्यक्रममा को को सहभागी हुने भन्दै केरकार गरेको थियो ।

सम्मेलनमा पार्टी सम्बद्घ पत्रकार संगठन जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष लगायत पदाधिकारीको सहभागीता रहेको थियो ।

नेपालको संविधानले शिक्षा र स्वास्थ्यको बिषयलाई नागरिकको मौलिक हकका रूपमा किटान गरिसकेको अवस्थामा शिक्षा र स्वास्थ्य दुवै क्षेत्रलाई अहिले दलाल, माफिया र भ्रष्टहरुले निजीकरण गर्दै लुट मच्चाएर व्यापारको साधनका रूपमा प्रयोग गरिरहेको आरोप चन्दले लगाएका छन् ।

संविधानले ग्यारेन्टी गरेको आम नागरिकको मौलिक अधिकारीमाथि माफीया र दलालहरुले दास मानसिकताको व्यवहारमा गरिरहेका र त्यो निन्दनीय भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ५ : २१ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र