लागूऔषध कोकिनसहित विदेशी नागरिक पक्राउ « Khabarhub

लागूऔषध कोकिनसहित विदेशी नागरिक पक्राउ


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले लागूऔषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले राहदानी नम्बर १८एटी९५५१४ भएका आइभेरिकोष्टका नागरिक ३५ वर्षीय मार्केल गुलीलाई पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा बुधबार दिउँसो उनलाई कोकिनसहित पक्राउ गरेको हो । कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौं आएका उनको साथमा १ किलो ६ सय ग्राम लागूऔषध कोकिन बरामद गरेको हो ।

उनी काठमाडौंबाट बसद्वारा भारतको नयाँ दिल्ली जान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीविरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ६ : २४ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित