भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फिर्ता « Khabarhub

भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फिर्ता


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकर विहीबार स्वदेश फर्किएका छन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकश आज दिउँसो स्वदेश फर्किएका हुन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरी लगायतले बिदाई गरेका थिए ।

नेपाल भ्रमणमा रहँदा विदेशमन्त्री जयशंकरले नेपाल–भारत आयोगको पाँचौं बैठकलाई सम्बोधन गर्नुका साथै महत्वपूर्ण राजनीतिक भेटवार्ता गरेका थिए ।

नेपाल आए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको पुरीले बुधबार साँझ राजधानीको याक एण्ड यतीमा भएको नेपाल–भारत संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । त्यस्तै, विहीबार विहान पशुपतिनाथ मन्दिरको दर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हीतका विषयमा छलफल भएको थियो । नेपाल–भारत सम्बन्धलाई मजबुद बनाउन भ्रमण फलदायी भएको उनले बताएका छन् ।

नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा  दुई मुलुकबीच सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । नेपाल–भारतका समग्र विषय समेटिएका ८० बुँदामा माइनुट भएको परराष्ट्र सचिव शंकरदास बैगारगीले जानकारी दिए ।

छलफल राजनीति, सीमा सुरक्षा/सिमांकन, व्यापार /पारवहन, उर्जा/जलस्रोत र शिक्षा, संस्कृति र पर्यटनका साथै दुई पक्षीय सम्बन्ध र चासोका विषयमा केन्द्रित रहेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ६ : ४४ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित