मन्त्रिपरिषदको बैठक 'भिडियो कन्फ्रेंसिंग'बाट | Khabarhub Khabarhub

मन्त्रिपरिषदको बैठक ‘भिडियो कन्फ्रेंसिंग’बाट


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारको मन्त्रीपरिषद्को बैठक अब देखि भिडियो कन्फ्रेंसिंगबाट पनि हुने भएको छ ।

मन्त्रिपरिषदको बैठकले गरेका निर्णयबारे विहीबार जानकारी गराउँदै संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदको बैठक भिडियो कन्फ्रेसिंगबाट पनि गर्न सकिने निर्णय भएको बताए ।

मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०६५ लाई संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको समयमा पनि भिडियो कन्फ्रेंसिंग लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषदको बैठक बस्न सक्ने गरी नियमावली संशोधन गरिएको संचार मन्त्री बाँस्कोटाले जानकारी दिए ।

सरकारले गरेको यो निर्णयबाट स्वास्थ्य परीक्षणको शिलशिलामा सिंगापुर गएका प्रधान मन्त्रीले भिडियो कन्फ्रेंसिंगमार्फत बैठकको अध्यक्षता गर्दै निर्णय गर्न सक्नेछन् । यस्तै मन्त्रिपरिषदको बैठकले तराई मधेश द्रुत मार्गको केही स्थानमा बाटो परिवर्तन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ७ : ५४ बजे

पाँच दशकपछि धारापानी क्षेत्रमा विद्युतीकरण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका) मा

विद्युत् विस्तारपछि गाउँगाउँमा ‘विद्युतीय मिल’ 

भोजपुर– विद्युतीकरणपछि भोजपुरका ग्रामीण क्षेत्रको जनजीवन सहज बन्दै गएको छ

दशैँ टीकाको दिनबाहेक अन्य दिन अध्यागमन विभाग खुला रहने

काठमाडौं– अध्यागमन विभागले बडादशैँको सार्वजनिक बिदाको अवधिमा दशैँको टीकाको दिनबाहेक

४४ प्रतिशतले बढ्यो अलैँचीको निर्यात

झापा– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

अमेरिकामा नयाँ घरको बिक्री उच्च

वासिङ्टन – अमेरिकामा नयाँ घरको बिक्री दर अगस्टमा सन् २०२२