रकम अशुली अभियोगमा अपराध अभियोजनकर्ता नै पक्राउ | Khabarhub Khabarhub

रकम अशुली अभियोगमा अपराध अभियोजनकर्ता नै पक्राउ


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेसेडोनिया– जबरजस्ती रकम अशुलीको अभियोगमा उत्तरी मेसेडोनियाकी विशेष अपराध अभियोजनकर्ता पक्राउ परेकी छिन् ।

आफ्नो कार्यालयले अनुसन्धान गरिरहेका एक व्यापारीसँग रकम अशुलेको अभियोगमा उत्तरी मेसेडोनियाकी संगठित अपराधका लागि विशेष अभियोजनकर्ता कटिचा यानेभालाई पक्राउ गरिएको उत्तरी मेसेडोनियाको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध व्यापारी ओर्चे कामचेभसँग १५ लाख युरो अशुली गरेको अभियोग लागेको छ । यो प्रकरणमा यसअघि दुई जनालाई पक्राउ गरिएको थियो ।

अभियोजनकर्ता यानेभाले भने आफूले कुनै गल्ती नगरेको बताउँदै आएकी छिन् । त्यहाँका प्रमुख अभियोजनकर्ता ल्यूबोमिर योभेस्कीले भने यानेभाले आफ्नो शक्तिको दुरुपयोग गरी अपराधिक कार्य गरेको प्रमाण फेला परेको दाबी गरेका छन् ।

उत्तरी मेसेडोनियामा उच्च तहसम्म संगठित अपराधको जालो फैलिएको विश्वास गरिन्छ । यसैलाई न्यूनीकरण गर्नका लागि सन् २०१५ मा युरोपेली युनियन ईयूको मध्यस्थतामा संगठित अपराध अभियोजनकर्ताको कार्यालय स्थापना गरिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ८ : २६ बजे

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

थरीथरीका गुराँसले ढपक्कै तीनजुरे (फोटो फिचर)

तीनजुरे– पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रवेशद्वार हो

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने